• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वडाअध्यक्षको आक्रमणमा परी नगरपालिकाका मेयरको टाउको फुट्यो

  •    शुभेच्छा न्यूज संवाददाता  /२ असार २०७६, सोमबार १६:१२ ,  प्रकाशीत
  • रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत र प्रमुख प्रशासकिय अधिकृत टेककुमार रेग्मीमाथि कार्यपालिका बैठकमै कार्यपालिका सदस्यहरुले आक्रमण गरेका छन् ।

    आक्रमणमा परी नगरप्रमुख बस्नेत घाइते भएका छन् । नगर प्रमुख बस्नेतले सोमबार पत्रकार सम्मेलन गरी नगरकार्यपालिका बैठक चलि रहेको बेला आफू र प्रमुख प्रशासकिय अधिकृत माथि आक्रमण भएको जानकारी दिएका हुन् ।

    पत्रकार सम्मेलनमा नगरप्रमुख बस्नेतले कामनै नगरेका पुराना योजनको रकम भुक्तानी हुनु पर्ने माग राख्दै वडा नं ५ का वडाअध्यक्ष रामबहादुर कार्की, वडा नं १२ का वडाअध्यक्ष कृष्णहरि अधिकारी र कार्यपालिका सदस्य उद्धव रम्तेल लगायतले कुर्सी, नेमप्लेट, चियाको ग्लास, पानीका बोतल लगायतले आक्रमण गर्दा आफ्नो टाउकोमा चोट लागि रगत बगेको जनानकारी दिए ।

    पत्रकार सम्मेलनमा नगरप्रमुख बस्नेत र प्रमुख प्रशासकिय अधिकृत टेककुमार रेग्मीले हस्ताक्षर गरि वितरण गरिएको प्रेस विज्ञप्तिमा नगर कार्यपालिकाको २७ औँ बैठक सञ्चालन भइरहेको बेला आवश्यक विधि प्रक्रिाय पुरा नगरेको हुँदा वडा नं ५ को अधिल्लो आर्थिक वर्षमा सञ्चालित योजना र कार्यक्रमको भुक्तानी गर्न नसकिने देखिएकोले त्यस बारेमा छलफल हुँदा केही कार्यपालिका सदस्यले जसरी भए पनि भुक्तानी दिनु पर्ने भन्दै आक्रमण गरेको उल्लेख छ ।

    कसैले धम्याउने, आक्रमण गर्ने वा वल देखाउने कार्यले आफू बिचलित नहुने नगरप्रमुख बस्नेतले बताए । उनले यस्ता कार्यका विरुद्ध आफू लडि रहने पत्रकार सम्मेलनमा बताए ।
    यो समाचार तामाकोशी अनलाइनबाट साभार ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.