• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कस्कीमा एक निर्वाचन क्षेत्र एकसडक योजना शुरु

  •    शुभेच्छा न्यूज संवाददाता  /४ असार २०७६, बुधबार ०५:०९ ,  प्रकाशीत
  • गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५/७६ को नीति कार्यक्रम तथा बजेटमा प्राथमिकतामा राखेको ‘एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम’ अन्तर्गत कास्कीमा योजना कार्यान्वयन शुरु भएको छ ।

    आगामी पाँच वर्षभित्र प्रदेश राजधानी र स्थानीय तहको केन्द्र जोड्ने गरी स्तरीय कालोपत्र सडक निर्माण गर्ने सरकारको लक्ष्यअनुसार सो कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको थियो । आगामी वर्षको बजेट कार्यक्रममा पनि सो कार्यक्रम उल्लेख गरिएको छ ।

    गण्डकीका ३६ प्रदेशसभा निर्वाचन क्षेत्रमा एक/एक नमूना सडक निर्माण गर्ने उद्देश्यले प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदेश राजधानी र दुई जिल्ला वा जिल्लाको सदरमुकामबाट स्थानीय तहको केन्द्रलाई जोड्ने सडक निर्माण कार्यक्रम ल्याएको थियो ।

    प्रदेशसभाका छ निर्वाचन क्षेत्र रहेको जिल्लामा सो कार्यक्रम कार्यान्वयनका क्रममा हालसम्म चार वटा सडक योजना निर्माणका लागि सम्झौता भएर काम शुरु भएको र दुई वटाको बोलपत्र आह्वान भएर प्राविधिक मूल्याङ्कनको चरणमा रहेको पूर्वाधार विकास कार्यालय कास्कीका कार्यालयप्रमुख शोभियत खड्काले बताए ।

    प्रदेशसभा निर्वाचन क्षेत्र ३ (ख) अन्तर्गत नयाँ पुल–बिरेठाँटी–घान्द्रुक उरी सडक स्तरोन्नतिका लागि शर्मा/सूर्य जेभीसँग सम्झौता भएर काम शुरु भइसकेको छ । आगामी दुई वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको १० किमी सो सडक रु १९ करोड ७१ हजार १८६ लागतमा स्तरोन्नति गर्न लागिएको हो ।

    निर्वाचन क्षेत्र १ (क) अन्तर्गत रुपा रिङरोड सडक निर्माण कार्य पनि जेठको पहिलो हप्ताबाट शुरु भएको छ । रु १९ करोड ७१ लख ८७ हजार १४७ लागतमा ओएसिस इञ्जिनीयरिङ एण्ड बिल्डर्ससँग १० किमी सडक स्तरोन्नतिको सम्झौता गरिएको कार्यालयले जनाएको छ ।

    निर्वाचन क्षेत्र नं १(ख) को काहुँखोला–सिक्लेस दूधपोखरी सडक निर्माणको कार्य पनि शुरु भएको छ । सपना काष्ठमण्डप जेभीसँग रु २२ करोड २६ लाख ७८ हजार ८५३ लागतमा १० किमी सडक दुई वर्षभित्रमा पूरा गर्ने गरी सम्झौता भएर काम अघि बढेको हो ।

    त्यसैगरी कास्की क्षेत्र नं २(क) को पोखरा महानगर २१ दोपहरे कृष्ति माझगाउँ बक्रेकसम्मको १२ दशमलव छ किमी सडक पनि स्तरोन्नति शुरु भएको छ । रु २२ करोड ९८ लाख ९७ हजार ३५ लागतमा रमन/भीमेश्वर जेभीले सो सडक निर्माणको जिम्मा लिएको छ ।

    क्षेत्र नं ३ (क) को पोखरा २५ मिलनचोकबाट मर्दी पुल हुँदै माछापुच्छ्रे गाउँपालिकाको केन्द्रसम्म पुग्ने र क्षेत्र नं २(ख) को नारायणधानदेखि भलाम हुँदै अर्मलासम्मको यी दुई सडक योजना स्तरोन्नतिका लागि बोलपत्र आह्वान भएर प्राविधिक मूल्याङ्कनको चरणमा रहेको कार्यालयका इञ्जिनीयर गुरुदत्त अधिकारीले बताउनुभयो । मिलनचोकबाट माछापुच्छ्रेसम्मको चार दशमलव ९७ किमी सडक स्तरोन्नति गर्नका लागि रु १५ करोड ४३ लाख ७३ हजार ८८४ को बोलपत्र आह्वान भएको छ ।

    नारायणथानदेखि अर्मलासम्मको १० किमी सडक स्तरोन्नति हुने भएको छ । जसका लागि रु ३१ करोड ७३ लाख ७३ हजार ७८० लागतको बोलपत्र आह्वान गरिसकिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.