पोखरा ।पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड)ले नेपालमा परापूर्वकालदेखि कायम रहेको गूठीलाई एउटै प्रक्रिया भन्दा पनि बर्गिकरणका आधारमा अगाडी बढाउनु पर्ने बताएका छन्।
विहिबार प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै अध्यक्ष दाहालले गूठीको प्रकृतिनै फरफरक रहेकाले सवै गूठीलाई एउटै प्रक्रियाबाट हेर्न नहुने बताए। ‘नेपालमा रहेको गूठीहरुको प्रकृतिनै फरकफरक छ, त्यसैले सबै गूठीलाई एउटै प्रक्रियामा राख्न हुदैन;’ उनले भने। ‘यसलाई प्रकृति अनुसारनै फरकफरक प्रक्रिया र बिधि अपनाएर अगाडी बढाउनु पर्छ।’
अध्यक्ष दाहालले पार्टीको कार्यगत एकताको लागि यस अघि भएका सहमति र सम्झौता बिपरित जाने छुट कसैलाइै नभएको बताए।उनले पार्टी एकता अब, छिटै टुङ्गीने बताए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र आफूबीच पार्टी एकता टुङ्गाउने बिषयमा कुराकानी अगाडी बढेको उनले बताए। ‘दुई अलग अलग बिचार र आदर्श बोकेका पार्टी बीचको ऐतिहासिक एकता अब छिटै टुङ्गीन्छ’ उनले भने। ‘विश्व राजनितिमा चकित पार्ने गरि भएको पार्टी एकतालाई टुङ्गााउने प्रक्रियामा हामी अघि बढिसकेका छौ।’
पत्रकारले सोधेको एक प्रश्नमा अध्यक्ष दाहालले मन्त्रीमण्डल पूर्नगठन गर्ने बिषयमा छलफल चलेको बताए। बजेटपछि मन्त्री मण्डल पूर्नगठन गर्ने बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग गम्भिररुपमा छलफल भएको बताउदै यसको सम्पूण जिम्म प्रधानमन्त्रीलाई भएको बताए।
उनले पार्टी एकता र सरकारको कामलाई प्रभाबकारीरुपमा अगाडी बढाएर लैजाने बिषयमा आफू गम्भिर रहेको बताए। पार्टी र सरकार सञ्चालनका लागि भएको सहमति पुरानै सहमति भएको बताउदै अध्यक्ष दाहालले अहिले नै सरकरको नेतृत्वको सम्भावना नरहेको बताए। ‘पार्टी र सरकार सञ्चालनको बिषयमा भएको सहमति पहिले नै सार्वजनिक भएको हो’ उनले भने। ‘अहिले त्यस बिषयलाई चर्चा र बिवादमा ल्याउन केही तत्व लागि परेका छन्।’
उनले ओली नेतृत्वको सरकारनै पाँच बर्ष चल्न सक्ने अभिब्याक्तीलाई बंग्याईएको बताए। ‘अहिले हामी पार्टी एकताको गृहकार्यमै छौं,पार्टीलाई मिलाउने प्रक्रिया महान हो’ उनले भने ।‘पार्टी एकतालाई सफल पार्ने र मुलुकलाई सफलरुपमा अगाडी बढाउने बिषयमा केन्द्रीत छौं।’
अध्यक्ष दाहालले बिप्लव माओवादी बर्तामा आउनुको बिकल्प नरहेको बताए।

Related