पर्वत । पर्वतमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोदी गाउँपालिका ६ तिलाहारका ३५ वर्षीय कृष्णबहादुर थापा रहेका छन्।
पोखराबाट बागलुङतर्फ जाँदै गरेका थापाले चलाएको ग ९ प ७७३७ नं. को मोटरसाइकल र कुस्माबाट पोखरातर्फ आउदै गरेको ना ५ ख ६३५२ नं. को यात्रुवाहक बस पर्वतको पातिचौरमा एकआपसमा ठोक्किदा थापाको थापाको मृत्यु भएको जिल् ला प्रहरी कार्यलय पर्वतले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि पोखरा ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको हो। प्रहरीले बस र चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

Related