• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मिडिया काउन्सिल विधेयक विरुद्ध संकलित हस्ताक्षर प्रधानमन्त्रीलाई

  •      /६ असार २०७६, शुक्रबार १४:०७ ,  प्रकाशीत
  • पोखरा। सरकारले संसदमा पेशगरेको मिडिया काउन्सिल विधेयकको विरोधमा नेपाल पत्रकार महासंघले थालेको तेस्रो चरणको आन्दोलन अन्तर्रगत कास्की शाखाले संकलन गरेको हस्ताक्षर शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाइएको छ ।

    नेपाल पत्रकार महासंघ कास्की शाखाले पोखरामा ३ दिनको अवधिमा संकलन गरिएको हस्ताक्षर कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा मार्फत प्रधानमन्त्री समक्ष पेश गरिएको छ ।

    प्रधानमन्त्रीलाई हस्ताक्षर हस्तान्तरण गर्न आग्रह गर्दे पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली,गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल र पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संयुक्तरुपमा हस्तान्तरण गरेका छन्।

    हस्तान्तरण गर्नु अघि पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले मिडिया काउन्सिल विधेयक संसोधन वा फिर्ता नगरिए पत्रकारिता छाडेर अर्को पेशा रोज्नु पर्ने अवस्था आउने बताए। चौथो चरणको आन्दोलन गर्नुपरे गर की मरको अबस्थामा सृजना हुने उनको भनाई थियो ।

    संकलित हस्ताक्षर बुझेपछि प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले आफुले आजै गृहमन्त्रालयमा पठाउने र गृह मार्फत प्रधानमन्त्रीको जाने जानकारी दिए।महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारहरु आन्दोलनमा रहेको बताउदै सरकारले काउन्सिल विधेयक संसोधन गर्नुपर्नेमा जोड दिए।

    अध्यक्ष श्रेष्ठले पत्रकारहरुको आन्दोलन शान्तिपुर्ण हुने भन्दै चौथो चरणको आन्दोन घोषणा गर्नु अघिनै सरकारले पत्रकार माग सुनुवाई गर्ने विश्वास व्यक्त गरे।
    आज देशै भरिका पत्रकार महासंघले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालय हुदै प्रधानमन्त्रीलाई संकलित हस्ताक्षरण बुझाएका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.