रौतहटको बालचनपुरमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको थुनुवा बोकेको गाडी दुर्घटना हुदा २ जना थुनुवाको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले म्याद थप गर्न लैजाँदै गर्दा गाडी दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट जिल्ला अदालत गौरमा थुनुवालाई म्याद थपको लागि लिएर जादै गर्दा दुर्घटनमा परेर मुकेश भनिने निर्मल साह र सुनसरी इनरुवा नगरपालिका–९ मा सवारी ज्यान मुद्दामा थुनामा रहेका रमेश कुमार चौधरीको उपचारको क्रममा नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए ।
दुर्घटनामा ६ जना प्रहरी सहित ८ जना घाइते भएका छन् । घाइते थुनुवाहरुमा अभद्र व्यहारको मुद्धामा रहेका कुमार गेलाल र टेक वहादुर तामाङ्ग छन् । यसैगरी प्रहरी सहायक निरीक्षक दिनेश चौलागाई, प्रहरी हवल्दार उमेश यादव र बिनोद प्रसाद मण्डल, प्रहरी जवान संजिव कुमार कार्की, हरि किशोर चौधरी र अजय कुमार यादव घाइते भएका छन् ।
उनीहरुको स्थानीय चन्द्रपुर हस्पिटलमा उपचार भइरहेको छ । प्रहरी जवान हरि किशोरलाई भने थप उपचारका लागि बिरगन्ज रिफर गरिएको चन्द्रपुर हस्पिटलका प्रमुख डा. सुवास चौधरीले बताए ।

Related