पोखरा । पोखरामा भारतीय गाडीको ठक्करबाट एकपटक तीन सवारीमा ठक्कर दिएको छ। लेकसाइडस्थित हल्लनचोकमा भारतीय गाडीले तीन मोटरसाइकललाई ठक्कर दिन तीन जना घाइते भएको प्रहरीले जनाएकोछ।
दुर्घटनामा एकजना गम्भीर र दुईजना सामान्य घाइते भएको वडा कार्यालय बैदामका डिएसपी कोमल शाहले जानकारी दिए। घाइतेहरुको पोखराकै मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ।
ठक्कर दिने एच आर ०९ एल ००० ९ नम्बरको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दिउँसो हल्लनचोकमा मोटरसाइकल र स्कुटीलाई ठक्कर दिएर भागेको उक्त गाडीले पोखराको लेकसाइडकै गैह्राचौतारीमा अर्को एक ट्याक्सीलाई समेत ठक्कर दिएको थियो।
दिल्लीबाट पोखरा घुम्न आएका गाडी चालक अजय बरालले मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा दुर्घट्ना भएको प्रहरीले जनाएको छ।

Related