• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशका अर्थमन्त्री गुरुङ ससुराली गाउँमा ‘हली’ बने

  •    शुभेच्छा न्यूज संवाददाता  /१६ असार २०७६, सोमबार ०६:३५ ,  प्रकाशीत
  • पर्वत । गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्री किरण गुरुङले रोपाई महोत्सवको अवसरमा ससुराली गाउँ पुगेर हलो जोतेका छन। धान दिवसको अवसरमा पर्वतको फलेबास नगरपालिकाद्धारा आयोजित रोपाई महोत्सवमा प्रमुख अतिथि बनेका मन्त्री गुरुङ्गले ससुराली गाउँमा आयोजित कार्यक्रममा हलो जोतेर कार्यक्रमको उद्धाटन गरेका थिए।

    मन्त्री गुरुङले हाते ट्याक्टर र हलो जोतेर कार्यक्रममा किसानलाई हौसला दिएका थिए। उनले करिब १५ मिनेट सम्म हाते ट्याक्टरले खेत जोत्दै स्थानिय कृषकहरु निक्कै उत्साहित भएका थिए । ‘मन्त्री ज्यूले हाते ट्याक्टरले जोतेर हामीलाई हौसला प्रदान गर्नु भयो’ स्थानीय कृषक प्रकाश थापाले भने।‘मन्त्री ज्यूको हलो जोताइले कृषि पेशा सवैको सम्मानीत पेशा हो भन्ने शन्देस प्रबाह भएकोछ।’ मन्त्री गुरुङले आयोजित कार्यक्रमा हाते ट्याक्टर संगै हलो समेत जोतेका थिए।

    खेतको आलीमा नौमती बाजा बजिरहेका थिए भने मन्त्री गुरुङ्गलाई संबिधानसभा सदस्य कल्पना चापागाई, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल देखि कृषि ज्ञानकेन्द्रका प्रमुख बासुदेब रेग्मी, पार्टीका नेताहरु, सुरक्षाकर्मी देखि स्थानिय कृषकहरुले साथ दिएका थिए ।

    लामो समय सम्म कृषकसंग खेतमै रमाएका मन्त्री गुरुङ्ग परम्परागत खेतीले मुलुकको आवश्यकता पूरा हुन नसक्ने बताए। उनले उन्नत प्रबिधि र नष्लको प्रयोग गरेर ब्यबसायिक रुपमा खेती गर्दै आयतलाई प्रतिस्थापन गर्नुपर्ने बताए। ‘अब परम्परागत रुपमा गरिने खेतीले हाम्रो आवश्यकता पूरा हुन सक्दैन’उनलेभने। ‘कृषिमा प्रबिधी र ब्यबसायिकता बिकास गर्नु अहिलेको प्रमुख आवस्यकता हो।’

    साना र साँघुरा खेतबारीमा गरिने पूरानो परम्पारगत निर्वाह मुखी खेती प्रणलीले उत्पादन सोचे अनुसार नहुने भएकाले कृषिलाई ब्याबसायिकरण गर्न गण्डकी प्रदेश सरकारले यस बर्षदेखि जमिन चक्लाबन्दी गर्ने कार्यक्र ल्याएको मन्त्री गुरुङले बताए। ‘कृषकहरुलाई ब्यबसायिक बनाउन र ठूला फर्महरु सञ्चालान गरी आत्मनिर्भर बताउन सरकारले अनुदानको समेत ब्यवस्था गरेको छ ’उनले भने। ‘यस ब्यवस्थाले कृषिपेशामा लाग्ने कृषकलाई हौसला प्रदान गर्ने छ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.