पर्यटक आकर्षित गर्न जुवा र क्यासिनो सञ्चालन गर्न मुख्ममन्त्री गुरुङको माग
तपाईको प्रतिक्रिया





पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पर्यटक आकर्षित गर्न क्यासिनो सञ्चालन गर्नुपर्ने बताए । मकाउसहितका देशमा क्यासिनो र जुवाकै कारण वर्षेनी लाखौं पर्यटक जाने गरेको र उनीहरुको आम्दानीको मूख्य श्रोत नै जुवा र क्यासिनो भएको बताउँदै उनले गण्डकी प्रदेशमा पनि प्रक्रिया पु¥याएर क्यासिनो सञ्चालन गर्न दिनुपर्ने बताए ।
आन्तरिक पर्यटन वर्ष २०१९ मूल आयोजक समिति घोषणा सभामा बोल्दै मुख्यमन्त्री गुरुङले पर्यटनको हब पोखरा नै भएको बताए । पोखरा पर्यटकीय हिसाबले राजधानी नै हो,‘उनले भने,‘टुरिजमको हब भनौं कि इपी सेन्टर, त्यो पोखरा नै हो ।’ उनले उनले पोखरामा आउने पर्यटकको बसाई लम्ब्याउन जरुरी रहेको बताए । पोखरामा आउने पर्यटकको बसाई लम्ब्याउन सकिएको छैन,‘उनले भने,‘पर्यटकको बसाई लम्ब्याउन पर्यटकीय प्रोडक्ट थप्नुपर्छ, प्रदेश सरकार त्यसैको तयारीमा छ ।’
मुख्यमन्त्री गुरुङले ग्रामिण पर्यटन र होमस्टेलाई जोड दिदा सहरी पर्यटन व्यवसायीहरु तर्सिन नहुने बताए । प्रदेश सरकार सहर छाडेर गाउँमात्रै केन्द्रत छैन,‘उनले भने,‘ग्रामिण पर्यटनलाई बलियो बनाउँदा सहरी पर्यटन व्यवसायी रिसाउनु हुँदैन, गाउँमा पर्यटक जाँदा सहरमा पर्यटक कम हुँदैन ।’ गण्डकी प्रदेशलाई पर्यटनकै माध्यमबाट समृद्धीमा लैजाने बताउँदै उनले सहरी क्षेत्रमा मात्रै सिमित हुन नहुने बताए ।
मुख्यमन्त्री गुरुङले पर्यटन क्षेत्रमापनि माफिया रहेको बताए । उनले फेक रेस्क्यू त्यसैको उदाहरण रहेको उल्लेख गरे । पर्यटनमा रहेको माफियाका कारण अन्र्तराष्ट्रिय जगतमा राम्रो सन्देश नगएको भन्दै यसको अन्त्य गर्न जरुरी रहेको औंल्याए ।
Related