पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले स्याङजाबाट ४ लाख ५५ हजार रकम सहित ईन्जिनियरलाई नियन्त्रणमा लिएको छ।
टोलीले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङजामा कार्यरत ईन्जिनियर वसीअख्तर महोम्मद मियाँ ४ लाख ५५ हजार घूस रकमसहित पक्राउ गरेको हो।
मियाँले बिरुवा गाउँपालिका–८ मा सञ्चालित छत्रे खानेपानी उपभोक्ता समितिका पदाधिकारीसंग कमिशन वापतको रकम पुतलीबजार नगरपालिका १ स्थित आफ्नै डेरामा बुझ्दै गरेको अवस्थामा अख्तियारका रोशन खड्काको टोलीले पक्राउ गरेको हो ।
मंगलबार साढे ३ बजे टोलीद्धारा पक्राउ गरीएका मियाँलाई अनुसन्धानका लागि पोखरा ल्याइएको अख्तियारले जनाएको छ ।रौंतहट घर भएका मियाँ बिगत लामोसमयदेखि स्याङ्जाको खानेपानी कार्यालयमा कार्यारत थिए।

Related