दीपक मनाङेका नामले चर्चित गण्डकी प्रदेशका एक मात्र स्वतन्त्र सांसद राजीव गुरुङ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएका छन् । सांसद गुरुङले नै आफू नेकपामा प्रवेश गर्न लागेको बताएका हुन् । ‘नेकपासँग विचार मिलेकोले म प्रवेश गर्न लागेको हुँ,’ उनले भने ।
मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले बिहीबार पार्टी प्रवेश गराउने कार्यक्रम छ ।
मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवार मनाङेलाई प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेले साथ दिएको थियो । मनाङे साविकको नेकपा एमालेबाट उम्मेदवार बन्न खोजेका थिए । त्यतिबेला चर्को विरोध भएपछि मनाङेले स्वतन्त्र उम्मेदवार बने ।
एमालेले खण्ड लामा गुरुङलाई उनीविरुद्ध उम्मेदवार बनाए पनि पछि खण्डलाई उम्मेदवारी फिर्ता गर्न लगाएर मनाङेलाई समर्थन गरेको थियो ।
निर्वाचित भएपछि पनि उनले लामो समय शपथ लिन पाएनन् । ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका उनी थुनामुक्त भएपछि १४ माघ २०७५ मा शपथग्रहण गरी गण्डकी प्रदेशसभा प्रवेश गरेका थिए । सांसद गुरुङ त्यतिबेला २७ हजार ३ सय ७५ रूपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका थिए ।
मनाङे नेकपा प्रवेशसँगै गण्डकी प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत पुग्नेछ । हाल प्रदेशसभामा नेकपाका ३९, कांग्रेस १५, राष्ट्रिय जनमोर्चा २ (एकजनाको निधन भएको), समाजवादी पार्टी (नयाँ शक्ति) २ र स्वतन्त्र सांसद १ जना छन् ।

Related