• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दीपक मनाङे नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरे

  •    शुभेच्छा न्यूज संवाददाता  /१९ असार २०७६, बिहीबार १०:२५ ,  प्रकाशीत
  • मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेद्वारका रुपमा विजयी गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले आज एक कार्यक्रमबीच उनलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि उनले आफू राजनीति परीक्षा दिए जस्तो सजिलो नभएको बताएका छन् । उनले आफू समाजको सेवा गर्नका लागि राजनीतिमा आएको बताए ।

    कुनै लोभले भन्दा पनि नेकपाले देशको लागि केही राम्रो गर्छ भनेर नेकपामा प्रवेश गरेको उनले बताएका छन् । अबको ५ वर्षसम्म राजनीतिलाई केन्द्रमा राखेर समाजसेवाको बाटोमा अघि बढ्ने उनले सुनाए ।

    कमल थापा नेतृत्वको राप्रपा हुँदै अहिले सत्तारुढ नेकपामा आइपुगेका मनाङ पार्टी प्रवेश लगतै कांग्रेस पार्टीप्रति टिप्पणी गरेका छन् । उनले नेपाली कांग्रेस स्पष्ट विचारधारा नै नभएको पार्टी भएको आरोप लगाए ।

    आफू नेकपामा प्रवेश गरि सकेपछि सकभर आफ्ना कांग्रेस साथीहरुलाई पनि नेकपामा ल्याउने उनले बताए । अपराधिक गतिविधिमा संलग्न समूहको नाइकेको रुपमा चिनिने गुरुङ चुनावमा विजयी भई सकेपछि ज्यान मार्ने उद्योगसम्बन्धी पुरानै मुद्दाको क्रममा पक्राउ परेका थिए । साढे आठ महिना उनी कारागार बसे ।

    अदालतको आदेशमा पुस ६ गते थुनामुक्त भएका उनले १२ पुसमा सपथ लिन पाउँ भनि गण्डकी प्रदेश सभामा निवेदन दिएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.