• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका महेन्द्र र चमेरे गुफा २२ करोडमा आकर्षक बन्ने

  •    शुभेच्छा न्यूज संवाददाता  /२० असार २०७६, शुक्रबार १५:०१ ,  प्रकाशीत
  • पोखरा । पोखराको पर्यटकीय गन्तब्यकारुपमा स्थापित हुदै गएका महेन्द्रगुफा र चमेरे गुफालाई थप आकर्षक बनाएर बृहत बिकास गर्ने उदेस्यले गुरु योजना सार्वजनिक गरिएको छ ।

    पछिल्लो समयमा पोखरा पुग्ने आन्तरिक तथा बाह्यि पर्यटकहरुको रोजाईमा दुवै गुफा पर्न थालेसंगै गुफाको बृहतरुपमा विकास गर्ने र थप पर्यटक भित्राउने योजना अनुसार गुरुयोजना तयार पार्न थालिएको हो।

    स्थानीय विन्ध्यवासिनी माविको स्वामित्व एवं संरक्षकत्वमा सञ्चालित दुवै गुफालाई थप आकर्षण बढाउने उद्धेश्यले गुरुयोजना निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले जानकारी दिए।

    विद्यालयले शुक्रबार गुरुयोजना सार्वजनिक गर्दै विभिन्न योजना सहित गुरुयोजनाको कार्यान्वयनका लागि ५० लाख रुपैयाँ खर्च गर्ने घोषणा समेत गरेको छ । गुरुयोजनामा पर्यटक आकर्षण बढाउन भौतिक निर्माणदेखि आन्तरिक तथा बाह्य व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।

    गुरुयोजनामा उल्लेख भएका योजनाहरु सम्पन्न गर्न करिब २२ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले बताए। उनका अनुसार गुफाको आम्दानीबाट गर्न सकिने योजनाहरु तत्काल शुरु गरिने र ठूला योजनाका सम्पन्न गर्नको लागि प्रदेश तथा संघिय सरकारसँग आवस्यक पहल गरिने छ।

    गुरुयोजना सार्वजनिक गर्दै गण्डकी प्रदेशका सांसद कृष्ण थापाले गुफाहरु पोखराका गौरब भएकाले यसको व्यवस्थित विकास गर्न आवश्यक रहेको बताए। उनले विकासका नाममा विभेद गर्ने छुट कसैलाई नभएको बताउदै पोखरा नगर क्षेत्र भित्र रहेर पनि पूर्वाधारका क्षेत्रमा आवस्यक बिकास हुन नसकेको बताए।

    सांसाद विन्दुकुमार थापाले एकपटक महेन्द्र गुफाको भ्रमण गरेको पर्यटकले अर्को पटकपनि परिवार र साथिसंगिहरु सहित आउने वातावरण बनाउनु पर्ने बताए। ‘एकपटक आएका हरुलाई समेत आउँ आउँ लाग्ने गरि पूर्वाधार बनाउन आबस्यक छ ’उनले भने। उनले आफूले पेश गरेको योजनामा प्रदेश सरकारले चाँसो नदिएको गुनाशो गरे।
    त्यस्तै अर्का सांसद पुष्पा केसी भण्डारीले पर्यटकको संख्या बढाउनका लागि भएपनि गुफा क्षेत्रमा व्यवस्थित विकास हुनु पर्नेमा जोड दिइन्।

    पोखरा महानगर पालिका वडा नं. १६ का वडाध्यक्ष जीवन प्रसाद आचार्यले महेन्द्र र चमेरे गुफाले यस क्षेत्रको शैक्षिक एवं भौतिक विकासमा ठूलो योगदान दिएकाले पनि यसको व्यवस्थित विकासमा स्थानीय सरकारले चाँसो दिएको बताए।

    कार्यक्रममा गुरु योजना निर्माण उप–समितिका संयोजक ईन्जिनिय झपटबहादुर थापा, परामर्शदाता माछापुच्छ«े कन्सल्टेन्सीका प्रबन्धक बाबुराम बराल, महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक यदुनाथ बञ्जरा लगायतले गुफा क्षेत्रको पूर्वाधार विकास र व्यवस्थापनका लागि गुरुयोजना महत्वपूर्ण हुने बताएका थिए ।

    गुरुयोजनाको परार्मशदाता माछापुच्छ«े कन्सल्टेन्सीका प्रबन्धक बाबुराम बराललाई गुरुयोजना निर्माण सहयोग पु¥याएकोमा कदर–पत्रद्धारा सम्मान गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.