• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मन्त्री बिष्टको गाउँ : अभै टुङ्गो लागेन गाउँपालिकाको केन्द्र

  •      /२२ असार २०७६, आईतवार १५:०६ ,  प्रकाशीत
  • सन्तोष महतारा
    गुल्मी । गुल्मीमा एक गाउँपालिकाको केन्द्र अझै टुङ्गो लागेको छैन । जिल्लाको इस्मा गाउँपालिकाको केन्द्र अझै टुङ्गो नलागेको हो । स्थानिय तह बनेको दुई बर्ष पुरा भयो । गुल्मीका अन्य ११ वटै स्थानिय तहका केन्द्र टुङ्गो लागेपनि वर्तमान नेपाल सरकारका श्रमरोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण राज बिष्टको गाउँमै केन्द्र टुङ्गो नलाग्नु दुखद बिषय बनेको छ ।

    त्यति मात्रै नभई गुल्मी जिल्लाका समन्वय समिति लक्ष्मण पराजुलीको घर पनि इस्मा गाउँपालिका नै हो । त्यत्ति मात्रै नभएर बिशेष र बिशिष्ट ब्याक्तिहरु पनि इस्मा गाउँपालिकामा नभएको भने हैन ।

    गुल्मीका अन्य केहि स्थानिय तहका आफ्नै कार्यालय समेत हुदाँ इस्मा गाउँपालिकाको केन्द्र टुङ्गो नलाग्नु दुखद बिषय नै बनेको छ । केहि अघि केन्द्रकै बिषयमा मत संकलन पनि गरियो चाँपटारी हुने कुरा पनि भयो । तर फेरि विवादका कारण त्यहाँ पनि हुन सकेन । यति लामो समय सम्म पनि केन्द्र टुङ्गो लाग्न नसक्दा स्थानिय हैरानी बनेका छन् ।

    तर इस्मा गाउँपालिकाको केन्द्र टुङ्गो नलाग्नु कानुन कै समस्याले गर्दा रहेको पुन संरचनाका आयोगले जनाएको छ । पु संरचना आयोगले देशभरका स्थानिय तहकोृ नाम र केन्द्र तोक्ने जिम्मेवारी पाएको हुन्छ । पुन संरचना आयोगकाले हाल केन्द्र ताकेकै ठाउँमा बनाउने भनेको छ । केन्द्र तोक्ने प्राविधिक सहयोगले भने चाँपटारी बनाउने भन्यो त्यहि कारणले पनि केन्द्र अझै टुङ्गो नलागेको बताइएको छ ।

    हाल गाउँपालिकाको कार्यालय भएको ठाउँमा हुनुहुन्न भन्ने मत दुईतिहाइ भयोभने केन्द्र अनेत्र सारिने छ । होइनभने हाल कार्यालय भएकै ठाउँमा केन्द्र तोकिने कानुन अनाुसारको प्रावधान रहेको छ ।

    यसलाई केन्द्र र नाम तोक्ने प्राविधिक सहयोग र पुन संरचना आयोगको कुरा नमिल्दा टुङ्गो नलागेको बताइएको छ । यसलाई ६ महिनापछि मत संकलन गरि कार्यालय भएको ठाउँमा केन्द्र हुनुहुन्न भन्ने मत दुईतिहाई भएमा केन्द्र अनेत्र तोकिने बताइएको छ । यदि त्यसो नभए अहलिे कार्याएलय भएको ठाउँमा नै केन्द्र तोकिने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.