फोक्सोको क्यान्सरका कारण निधन भएका माओवादी नेता श्रीनाथ अधिकारी (श्याम) को आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
उनको आइतबाराति भक्तपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । आर्यघाट लानुअघि नेता अधिकारीको शब अन्तिम श्रद्धान्जलिका लागि कुपण्डोलस्थित नेकपा (क्रान्तिकारी माओवादी) को कार्यालयमा राखिने छ ।
माओवादीले २०५२ सालमा सुरु गरेको जनयुद्ध र त्यसको सुरुवाती चरण देखि नै गोरखा जिल्लामा कम्युनिस्ट आन्दोलन सुरुवात गर्नमा महत्वपूर्ण भूमिका खेलेका अधिकारी हाल मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य थिए ।उनी माओवादी आन्दोनलमा निष्ठावान नेताका रुपमा चिनिन्छन् ।
अधिकारी गोरखा जिल्लाको कम्युनिस्ट आन्दोलन तथा माओवादी पार्टीको संस्थापक नेता हुन् । त्यसैले उनलाई माओवादी धाराभित्रका सबै पार्टीका नेता कार्यकर्ताहरुले उनलाई एक अनुकरणीय व्यक्तित्वको रुपमा लिने गर्दछन् ।
माओवादी आन्दोलनको प्रभाव रहेको गोरखाका नेता अधिकारीको सिंगो परिवार नै माओवादी आन्दोलनमा क्रियाशील थियो । उनका छोरा नारायण अधिकारी र बुहारी सुशीला थापा वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य छन् ।
फोक्सोको क्यान्सर लागेको पत्ता लागेपछि उनलाई उपचारका लागि गत पुसमा भरतपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो । त्यसपछि थप उपचारका लागि भक्तपुरस्थित क्यान्सर अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको आइतबारराति निधन भएको हो ।
विसंं २०११ मा गोरखामा जन्मिएका अधिकारी विसंं २०३२देखि कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए ।

Related