• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पोखरामा हुने

  •    शुभेच्छा न्यूज संवाददाता  /२५ असार २०७६, बुधबार १५:२० ,  प्रकाशीत
  • पोखरा । गण्डकी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विहीबारदेखि पोखरामा हुने भएको छ।पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता असार २७ गतेसम्म पोखरा रंगशालामा हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

    प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडीले सहभागिता जनाउने जनाइएको छ । ४८ स्वर्ण, ४८ रजत र ६० काश्य पदक गरी कुल १५६ पदकका लागि प्रतिष्पर्धा हुनेछ ।

    प्रतियोगितामा ९ सय १३ जना खेलाडीले प्रतिष्पर्धा गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार १३२ जना अफिसियल पनि प्रतियोगितामा सहभागि हुनेछन् ।

    प्रतियोगितामा भलिवल, कबड्डी, एथ्लेटिक्स, तेक्वान्दो र उसु खेलमा प्रतिष्पर्धा हुने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी छनौट गरेर काठमाडौंमा हुने केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि गराइने श्रेष्ठले जानकारी दिए ।

    प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विहीबार पोखरा रंगशालामा गर्ने कार्यक्रम रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले जानकारी दिए ।

    प्रतियोगितामा प्रथम हुने जिल्लालाई २० हजार, द्वितीय हुने जिल्लालाई १५ हजार र तृतीय हुने जिल्लालाई १० हजारसहित ट्रफी प्रदान गरिने उनले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.