• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतको कार्किनेटामा पदमार्ग निर्माण

  •    शुभेच्छा न्यूज संवाददाता  /२५ असार २०७६, बुधबार १५:३१ ,  प्रकाशीत
  • कास्की । पर्वतको फलेवास नगरपालिका १ कार्कीनेटामा पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा चालु आर्थिक वर्षमा १० लाख ५०हजारको लागतमा पदमार्ग निर्माण गरिएको हो ।

    फलेवास नगरपालिकाको कार्किनेटा बजारदेखि कुश्मा नगरपालिका १३ खौलालाकुरीको सिमानामा पर्ने धार्मिक एवं पर्यटकीय क्षेत्र जुम्लिथानको डाँडासम्म पुग्ने पदमार्ग निर्माण गरिएको हो।

    पदमार्ग निर्माण गर्नको लागि गण्डकी प्रदेश उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको साढेदश लाख र स्थानीयको श्रमदानमा ५ सय मिटर पदमार्ग निर्माण गरिएको हो ।

    जुम्लिथानमा आउने धार्मिक एवं आन्तरिक तथा बाह्य पर्यटकहरुलाई हिडडुल गर्न सहज होस भन्ने उद्धेश्यले पदमार्ग निर्माण गरिएको कार्किनेटा पर्यटन पूर्वाधार विकास समितिका सचिव सरोज पौडेलले जानकारी दिए।

    उनका अनुसार भुपी राजमार्गको निर्माण हुन भन्दा पहिले धौलागिरिकै मुख्य नाकाकारुपमा रहेको कार्कीनेटामा सिरुवारी र डहरेदउरालीमा पछिल्ला समय आन्तरिक तथा बाह्यि पर्यटक बृद्धी भएसंगै यस क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण थालिएको हो।

    बढ्दो पर्यटकको आवागमनलाई मध्यनजर गर्दै जुम्लिथान सम्मको पदमार्ग निर्माण गरिएको पौडेलले बताए। उनका अनुसार कार्किनेटा बजारसम्म सवारीसाधन मार्फत आउने पर्यटकहरुका लागि जुम्लिथान सम्म पुग्न सहज हुने भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.