अभिनेत्री शिल्पा पोखरेल र छवि ओझाबीच सहमति भएको छ । शिल्पाले श्रीमान् छवि ओझाविरुद्ध केही दिनअघि घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।
यस विषयमा बिहीबार प्रहरीमा छलफल भएर विवाद टुंगिएको हो ।काठमाडौं प्रहरी परिसरमा छविले अबदेखि कुनै प्रकारको झगडा नगर्ने भन्दै माफी मागेर हस्ताक्षरसमेत गरेपछि विवाद टुंगिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
शिल्पाले पनि अबदेखि झगडा नगर्ने भन्दै सहमति पत्रमा हस्ताक्षर गरेकी छन् । छविराज रेखा थापासँग सम्बन्ध विच्छेद गरेपछि शिल्पासँग बस्दै आएका थिए ।

Related