पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवासमा पुल भत्कियो
/२८ असार २०७६, शनिबार ०३:२६ , प्रकाशीत
बर्दिवास – भारी वर्षातको कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल भत्किएको छ। पुलको बीच भाग नै भत्किएपछि आगमन ठप्प बनेको छ।
प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। रातिदेखि नै यात्रुहरू सडकमा अलपत्र छन्। कतिपय यात्रुहरू भने जोखिम मोलेर खोलाको बाढी तरेर वारपार गरेका छन्।

Related