• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘जनजातीको लागि आरक्षण केही समयको लागि मात्र हो’ मुख्यमन्त्री गुरुङ

  •    शुभेच्छा न्यूज संवाददाता  /२९ असार २०७६, आईतवार १४:४२ ,  प्रकाशीत
  • पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुङले सरकारले दिदैआएको आरक्षण केही समयको लागि मात्र भएको बताएका छन्।

    सरकरले पछाडि परेका जातजातिलाई अन्य जातजाति सरह प्रशासनीक क्षेत्रमा प्रतिनिधित्व गराउनका लागि केही बर्ष आरक्षण दिएको भएपनि सधैको लागि यही प्रचलन कायम रहिरहन नसक्ने बताएका हुन्।

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) गण्डकी प्रदेशको प्रथम प्रादेशिक महाधिवेशनको उद्घाटन गर्दे मुख्यमन्त्री गुरुङले लोकतन्त्रमा सवैको अधिकार बराबर हुने भएपनि कसैलाई आरक्षण दिदा अन्याय गरेको जस्तो देखिए आरक्षण लामो सयम सम्मको लागि नभएको प्रष्ट्याएको हुन्।

    मुख्यमन्त्री गुरुङले जनजातिहरु कुनै नेताका कारण पछि परेको नभई मुलुकको राज्यब्यवस्थाकै कारणले अबसरबाट बन्चित हुन परेकोे बताए। ‘जनजाति कुनै नेताका कारण पछि परेका होइ्न्। उनीहरुलाई राज्य ब्यवस्थाकै करणले पछि परेका हुन्’ उनले भने। ‘जनजातीको अधिकार कुन्ठित पारेको भनेर कुनै नेतालाई गालीग्लोज गर्नुको अर्थ छैन।’

    मुख्यमन्त्री गुरुङले बादरको कथा सुनाउदै ‘बादर नचाउदै हिड्ने चटकेले बादर दायाँबायाँ गर्दा लाठ्ठीले पिटेर ठिक ठाउँमा ल्याउँदा बादरलाई लागे छ , मलाई पिटने त्यही लठ्ठी हो भन्दै उस्ले लठ्ठी बाहेक अरु हेर्दै हेरेन्।’, ‘त्यस्तै हामीले पनि राज्य ब्यबस्थाको कारण आफुहरु पछाडि परेको नबुझेर खाली अमुख नेतालाई गालि गर्ने गरेको छौ।’

    मुख्यमन्त्री गुरुङले सवैको चाहाना ‘समृद्ध नेपाल खुशी नेपाली’ रहेकोले बताउदै सवै मिलेमात्रै बिकास र समृद्धि आउने बताए। ‘हामी एकआपसमा मिलेर हातेमालो गर्दै अगाडी बढ्ेमात्र बिकास र समृद्धी आउँछ’ उनले भने। ‘एकआपसमा झैझगडा र बेमेलले मुलुकको बिकास र समृद्धी सम्भव छैन,।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.