• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फोनिज गण्डकीमा आस्था मगर

  •    शुभेच्छा न्यूज संवाददाता  /३० असार २०७६, सोमबार ०८:१७ ,  प्रकाशीत
  • पोखरा/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आइतवार पोखरामा सम्पन्न प्रथम महाधिवेशनबाट कास्कीका एम बी आस्था मगरको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

    समितिको उपाध्यक्षमा दिल शिरिष(बाग्लुङ), महिला उपाध्यक्षमा कमला रानामगर(नवलपुर), महासचिवमा कास्कीका रुद्रबहादुर श्रीस मगर, संगठन सचिवमा कास्कीकै खिमा गुरुङ, संस्थागत सचिवमा तनहुकी सुनिता थापामगर र कोषाध्यक्षमा तनहुँ कै सिर्जना राना मगर चयन भएका छन।

    खुल्ला सदस्यहरुमा सुसान्त गाहा मगर(कास्की), धनबहादुर गुरुङ सुमन(कास्की), गणेश गुरुङ(म्याग्दी), तिलक गुरुङ(स्याङजा) चयन हुनुभयो। यस्तै गरी महिला सदस्यहरुमा मुना थापा मगर(नवलपुर), सूर्यकुमारी महतो(नवलपुरर), सुमन थापा मगर(कास्की)र संस्थागत सदस्यहरुमा मिना थापामगर(नेपाल मगर पत्रकार संघ), मनिलाल सरब्ज गुरुङ(तमु संचारकर्मी संघ) चयन भए।

    नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ फोनिजका संघीय समिति अध्यक्ष डण्ड गुरुङले गराएका थिए । प्रमुख निर्वाचन अधिकृत तिलक पुन पुर्जा, फोनिज उपाध्यक्ष देवका घर्ती मगर, महासचिव मनोज घर्ती मगर, सचिव तथा केन्द्रीय प्रतिनिधि मिलन लिम्बु, प्रदेश इञ्चार्ज लगायतले बधाई ज्ञापन गरेका थिए ।

    नवनिर्वाचित अध्यक्ष एम बी आस्थाले फोनिजलाई शसक्त बनाउने प्रतिवद्धता व्यक्त गरे।नेतृत्व चयनका लागि फोनिजका पुर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार तिलक प्रसाद पुन पुर्जा मुख्य निर्वाचन अधिकृत र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र अधिवक्ता जुनाकुमारी गुरुङ अधिकृत रहेको निर्वाचन समिति गठन गरिएको थियो।

    यसरी नै बन्द सत्र व्यवस्थित गर्न फोनिजका उपाध्यक्ष देवका घर्ती मगरको अध्यक्षतामा प्रदेश नं. ३ इञ्चार्ज समिर बलामी, संघीय समिति सदस्य मिला दराई सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो। बन्द सत्रमा फोनिज प्रदेश इञ्चार्ज तथा तदर्थ समिति संयोजक हुमबहादुर गुरुङले गण्डकी प्रदेश तदर्थ समिति स्थापनादेखि वर्तमानसम्म गरेका गतिविधीसहितको प्रस्तुतसांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.