• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निर्मला हत्या प्रकरण : पत्रकार भण्डारीलाई एक घण्टा जेल र एक रूपैयाँ जरिवाना !

  •    शुभेच्छा न्यूज संवाददाता  /३१ असार २०७६, मंगलवार १०:०५ ,  प्रकाशीत
  • काठमाडौं: बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई एक घण्टा जेल र एक रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

    जिल्ला बार इकाई र उच्च अदालत बार इकाईका पदाधिकारीहरुले दायर गरेको मुद्धामा जिल्ला न्यायाधिस डा. राजेन्द्र आचार्यको एकल इजलाशले यस्तो फैसला सुनाएको हो ।

    अदालतले पत्रकार भण्डारीलाई सुनाएको यो सजाँय तत्कालका लागि भने स्थगन गरेको छ। त्यसका लागि अदालतले केही सर्त राखेको छ।

    जसमा पत्रकार भण्डारीले फेसबुकमा लेखेको स्टाटस हटाउनुपर्ने र आत्मालोचनासहित माफी माग्नुपर्ने उल्लेख छ। पत्रकार भण्डारीले तीन दिनभित्र यी सर्तहरु पूरा नगरेको खण्डमा एक घण्टा जेलमा बसेर र एक रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।

    उक्त आदेश तीन दिनको लागि स्थगत गरिएको अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । ‘पत्रकार भण्डारीले आफ्नो कसुर स्वीकार गरे । अदालतले सजायको फैसला तीन दिनको लागि स्थगित गरेको छ ।’ श्रेस्तेदार अवस्थीले भने ।

    अब पत्रकार भण्डारीले तिनदिनभित्र अदालतसमक्ष मागेको माफीसहित आत्मआलोचना पत्रिका छाप्नुपर्नेछ । साथै उनलाई तीनदिनभित्र मानहानी हुने गरी फेसबुकमा पोस्ट गरेका स्टाटस डिलिट गर्नुपर्नेछ । यो नगरेको खण्डमा पत्रकार भण्डारीलाई ‘तुच्छ सजाय’ अन्र्तगत एक घण्टाको जेल सजाय र एक रुपैयाँ जरिवाना हुने श्रेस्तेदार अवस्थीले बताए ।

    उनीमाथि अदालतले गरेको यो फैसला संसारकै लागि नौलो भएको अधिवक्ताको भनाई छ । उनीहरुले यो सानो सजाय भएपनि ईतिहासको लागि एकदम स्मरणीय हुने दाबी गरेका छन् ।

    अदालतमा विचाराधिन मुद्दामा सञ्चारमाध्यमले कसरी प्रस्तुत हुने भन्ने पनि यो फैसलाले पाठ सिकाउने अधिवक्ताहरुको भनाई छ ।

    नाम नबताउने सर्तमा एक अधिवक्ताले भने, ‘यो सानो सजाय भएपनि ईतिहासकै एक नमुना सजाय हो । एक वर्षको जेल सजाय गरे पनि एक घण्टा सजाय गरेपनि कसुर ठहर गरेको मानिन्छ ।’ पत्रकार भण्डारीविरुद्ध अदालतको अपहेलना गरेको, भ्रामक समाचार सम्प्रेशण गरेको, सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने खालको स्टाटस पोष्ट गरेको भन्दै मुद्दा हालेको थियो । उनीविरुद्ध अधिवक्ता बिनोद भट्टले पनि मुद्दा हालेका थिए ।

    त्यस्तै उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख पूर्व एसपी दिल्लीराज विष्टका छोरा किरणले पनि मुद्दा हालेका थिए । त्यस्तै उनीविरुद्ध निर्मलाकी साथी समेत रहेका रोशनी बमकी दिदि अनिता बमले पनि मुद्धा दायर गरेकी थिइन् । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।

    केन्द्रविन्दुबाट

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.