कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले १ लाख ७५ हजार घूस रकमसहित सडक डिभिजन कार्यालय तनहुँका कम्प्युटर अपरेटर प्रकाश पौडेललाई पक्राउ गरेको छ।
प्रदेश मातहतको सडक डिभिजन कार्यालय तनहुँमा कार्यरत कम्प्युटर अपरेटर पौडेललाई सेवाग्राहीसँग लिएको घुस रकमसहित बिहीबार दिउँसो अख्तियार टोलीले पक्राउ गरेको हो।
उनीसँगै वाइल्ड स्ट्रङ कन्सल्टेन्सीका सुमित शाही पनि पक्राउ परेका छन्। शाहीलाई कम्प्युटर अपरेटर पौडेलसँग मिलेर बिचौलियाको भूमिका खेलेको आरोपमा पक्राउ गरिएको अख्तियारले जनाएको छ।
अख्तियार पोखराका प्रवक्ता मेघनाथ रिजालले मिलेमतो भएको हुनसक्ने भएकाले पक्राउ परेका दुवैउपर थप अनुसन्धान भइरहेको बताए। सडकको भुक्तानी दिने क्रममा मिलेमतो गरी घुस रकम लेनदेन गरेको हुनसक्ने अख्तियारको अनुमान छ।

Related