पोखरा। पोखरामा कृषकले पालेका कुखुराको खोर पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ । पोखरा महानगरपालिका १६ बाटुलेचौरको सिप्लेकुनाका स्थानीय कृषक सोभियतबहादुर केसीले पालेको कुखुराको खोरमा चितुवा पसेको थियो।
चितुवालाई डार्टिङ (वन्यजन्तुलाई बेहोस बनाउन टाढैबाट सुइ हान्ने प्रविधि) गरेर बेहोस बनाएपछि नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीले बताए। स्थानीय सोभित बहादुर केसीले पालेका ५ सय कुखुरा रहेको खोरमा मंगलबार राती चितुवा पसेको थियो ।
खोरमा चितुवा पसेको कृषक सेसीले विहान मात्र थाहा पाएका थिए। खोरमा चितुवा देखेपछि केसीले खोरको ढोका बन्द गरेर चिुतवालाई भित्रै थुनेका थिए।केसीले खोरमा चितुवा थुनेपछि वन कार्यालयलाई जानकारी गराएका थिए। त्यस लगत्तै वन प्राविधिक टोली सो ठाउँमा पुगेपछि उनीहरुले डार्टिङ गर्ने प्राविधिक र चिकित्सक चितवनबाट बोलाइएर बुधबार दिउँसो चितुवालाई बेहोस बनाएर खोरबाट बाहिर निकालिएको सहायक बन अधिकृत पराजुलीले बताए।
‘खोरमा पसेको चितुवा पसेपनि खासै क्षती गरेको छैन, उनले भने ‘कुखुरा डराएर च्याप्पिएर आधा दर्जन जति मरेछन्। अरु क्षति केही भएको छैन।’ डार्टिङपछि बेहोस भएको चितुवालाई खोरमा थुनेर लेखनाथको पचभैयास्थित वन्यजन्तु उद्धार केन्द्रमा लगेर छाडिएको उनले बताए।

Related