• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

धनगढीमा विस्फोट हुँदा पाँच घाइते घटनास्थलमा पेस्तोल भेटियो

  •    शुभेच्छा न्यूज संवाददाता  /२ श्रावण २०७६, बिहीबार १५:०६ ,  प्रकाशीत
  • धनगढीमा आज साँझ विस्फोट हुँदा पाँच जना घाइते भएका छन् । साझ ७ बजेपछि धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलको आँगनमा विस्फोट भएको हो ।

    विस्फोटमा होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका राम सिंह तथा जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेका छन् ।

    घाइतेमध्ये होटल सञ्चालक पाण्डे र सिंहको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते सबैको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरी प्रबक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए ।

    विस्फोट भएको ठाउँमा पेस्तोल पनि फेला परेको छ । पेस्तोल सक्कली वा अरु के हो एकीन हुन नसकेको प्रहरीको भनाइ छ ।

    प्रबक्ता बस्नेतले घटना के कारण र कसरी भएको हो अनुसन्धान भइरहेको बताउँदै घटनाको प्रकृति हेर्दा बम विस्फोट भएको हुनसक्ने बताए । उनले सुरुमा सिलिण्डर विस्फोट भएको आशंका थियो तर घटना स्थलको प्रकृति हेर्दा बम विस्फोट भएको बताए ।
    shilapatra.com

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.