उत्तरपुस्तिकामा नम्बर थप आरोपित त्रिवि कर्मचारीले गरे आत्महत्या
/३ श्रावण २०७६, शुक्रबार १०:५१ , प्रकाशीत
त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले ६ तलाबाट हाम फालेर आत्महत्या गरेका छन्। परीक्षार्थीको नम्बर थपघट गरेको आरोपमा अख्तियारले उनविरुद्ध मुद्दा दायर गरेको थियो ।
काठमाडौं त्रिपुरेश्वरको एक भवनको छैटौं तलाबाट हाम फालेर पाण्डेले बिहीबार आत्महत्या गरेका हुन् । लमजुङ घर भएका ६७ वर्षीय पाण्डे कानुनी परामर्शका लागि त्रिपुरेश्वरको एक ल फर्म पुगेका बेला हाम फालेर आत्महत्या गरेका हुन्।
भवनको छैटौं तल्लामा रहेको एक ल फार्ममा परामर्शका लागि गएका पाण्डे फर्कने क्रममा हाम फालेका हुन्। उनले पाँच वर्षअघि त्रिवि सेवाबाट अवकास पाएका थिए।
पछिल्लो समय उनी कार्यालय सहायक र मुख्य कार्यालय सहायकमा परीक्षा दिएका परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्न विज्ञको रुपमा भर्ना भएका थिए।

Related