कास्की । पर्यटकीय नगरी पोखरामा सञ्चालनको तयारीमा रहेको प्राणि उद्यान (जुलोजिकल पार्क) बिवादमा तानिएको छ। चार बर्ष पहिले पोखरा महानगरपालिकाको पचभैया सामुदायिक वन क्षेत्रमा निर्माण थालीएको चिडियाखाना स्थानीय वन उपभोक्ता समिति बीचको विवादका कारण उग्र बन्दै गएको छ।
चिडियाखाना निर्माण समितिले स्थानीयसंग गरेको सहमति विपरित कम्पनी स्थापना गरेर सिमित ब्याक्तीको स्वामित्व कायम हुने गरी अगाडी बढेपछि बिवादले उग्ररुप लिएको हो। चिडियाखाना निर्माण सहितिले साउन १ देखि खुल्ला गर्ने तयारी थालेपनि बिवादले उग्ररुपलिएपछि तत्काललाई चिडियाखान सञ्चालन रोखिएको छ।
निर्माण समितिले शुरुमा स्थानीयहरुसंग सामुदायिक वनक्षेत्र भएकाले समुदायीक वनकै स्वामित्वमा रहने गरी चिडियाखाना सञ्चालन गर्ने सहमति भएको स्थानीय अगुवा एवं घोषित समानान्तर समितिका अध्यक्ष दिनानाथ ढकालले बताए।
‘चिडियाखाना स्थानीय समुदायद्धारा सञ्चालन हुनुपर्नेमा कम्पनी खडा गरि सिमित व्यक्तिहरुको हालिमुहालि चल्ने ढंगले संयन्त्र वनाए’ उनले भने। ‘यस वनक्षेत्र ८ सय उपभोक्ताको स्वामित्व रहेकाले कार्यसमितिका सिमित ब्याक्तीको स्वार्थमा बनाईएको कम्पनीलाई कुनै हालतमा सञ्चाल गर्न दिदैनौं।’
पचभैया वनक्षेत्र अन्तरगत पर्ने तीन वटा वनक्षेत्रका आठ सय उपभोक्ता भएपनि कम्पनीमा जम्मा २३ जनाको मात्र सदस्य रहेको उनले बताए।तत्कालिन क्षेत्रिय प्रशासक दिनेश कुमार थपलियाको पहलमा २०७१ सालको पुसमा गण्डकी प्रदेशलाई ‘योजनाबद्ध एकीकृत र ब्यवस्थित शहर’ बिकास गर्न गठित समितीले पचभैयामा चिडियाखाना निर्माण गर्ने निर्णय गरेको थियो।
त्यस लगत्तै २०७२ साउन १५ गते तत्कालिन स्वास्थ्यमन्त्री खगराज अधिकारीले चिडियाखानाको सिलान्यास गरेका थिए। सिलान्यास पछि भौतिक निर्माणको काम अगाडि बढेको थियो । पार्क पाखरा महानगरपालिकाको ३०,३१ र ३२ नम्बर वडाको १ सय ३४ हेक्टर क्षेत्रफलमा फैलिएको छ।
कम्पनी दर्ता बिरुद्ध समानान्तर समिति
सहमति बिपरित सिमित ब्याक्तीहरुले कम्पनी दर्ता गरी चिडियाखाना सञ्चालनको तयारी थालेको आरोप लगाउदै संर्घषमा उत्रिएका स्थानीयले पचभैया सामुदायिक वन उपभोक्ताहरुको भेला डाकी दिनानाथ ढकालको अध्यक्षतामा १३ सदस्यीय समानान्तर समिति गठन गरेको छन् । उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र एक जना सदस्य कार्यसमितिको पहिलो वैठकले पूरा गर्ने वताईएको छ ।
समितिको सदस्यमा विष्णु तामाङ्ग लामा, दानवहादुर गुरुङ्ग, आशिष अधिकारी, दिनानाथ अधिकारी, वुद्धिवहादुर गुरुङ्ग, भरत केसी, सप्तनाथ कुँवर र दिपक विक रहेका छन्।
नवगठित समितिका अध्यक्ष दिनानाथ ढकालले करिव दुई तिहाई उपभोक्ताहरुको उपस्थितिमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको वताए। उनले चिडियाखाना सञ्चालन गर्न दर्ता गरिएको कम्पनीको कुनै भुमिका नरहने दावी गरे।
‘करिव दुइतिहाई उपभोक्ताको उपस्थितिमा नयाँ कार्यसमिति चयन भएकाले पहिलेको कार्यसमिति स्वतः खारेज भएको छ’ उनले भने। ‘तीन वटा उपभोक्ता समिति रहेका करिव ८ सय उपभोक्ताको हक अधिकार कायम राख्दै चिडियाघरलाई पर्यटकको आकर्षण केन्द बनाउन लाग्नेछौं।’
उनले स्थानीयको हक,अधिकारको शुनिश्चितता गर्ने लक्ष्यका साथ आपूूm अध्यक्ष पदमा सर्वसम्मत भएको दावी गरे ।
समितिको बैधानीकतामा प्रश्न
उपभोक्ता भेला मार्फत नयाँ कार्यसमिति चयन गरिएपछि बहालवाला समितिका अध्यक्ष वेदनाथ ओझाले नयाँ कार्यसमिति चयन प्रक्रिया कानुन र बिधान अनुरुप नभएको वताउँदै भेलामा उपस्थित व्यक्तिहरुको आधिकारीकता नै पुष्टी हुन बाँकी रहेको वताए ।
उनले विधान र कार्ययोजना बमोजिम वैधानिक रुपमा साउन ४ गते वन उपभोक्ता समुहको साधारण सभा बोलाईएको बताए। ‘हामीले साधारण सभा बोलाएका छौ, कार्यसमितिले चिडियाखाना निर्माण प्रक्रियामा कुनै कमजोरी गरेको ठहरगरिए हामीले साधारण सभामै राजिनामा दिन तयार छौं’ उनले भने। उश्रृङखल वातावरण श्रृजना गर्ने र सधै दोहोरो भुमिका खेल्ने प्रवृत्तीले विकास निमार्णका कार्यमा अवरोध आउने छ।’
खुला चिडियाखानाका रुपमा साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गर्ने तयारी थालिएको बेला एकाएक कम्पनीमा दर्ता गरिएको भेटिएपछि विवाद सतहमा आएको हो ।

Related