कालीगण्डकी ‘ए’ जलविद्युत आयोजना क्षेत्रको जलाशयमा सञ्चालित जल यातायात (स्टिमर सेवा) वर्षायामसँगै बन्द भएपछि सर्वसाधारण मर्कामा परेकाछन् । वर्षा याम लागेसँगै पानीको बहाब बढेपछि आयोजनाले जल यातायत (स्टिमर सेवा) बन्द गर्दा त्यस क्षेत्रका जनता प्रभावित भएका हुन् ।
नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले जलयातायात स्थगित गरिएको कालीगण्डकी जल यातायात समितिका अध्यक्ष डोलराज भट्टराईले जानकारी दिए।
यातायात सेवा स्थगित भएपछि स्याङ्जा, पर्वत र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा यातायातको सुविधाबाट वञ्चित बनेका छन् ।
व्यवसायिक रुपमा १९ वर्षदेखि स्टिमर सञ्चालन हुँदै आएको छ । जसबाट स्याङ्जा, पर्वत र गुल्मीका विभिन्न ठाँउका बासिन्दाले नौ महीनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आए पनि वर्षातको समयमा भने तीन महीना अवरुद्ध हुने गरेको छ । स्याङ्जाको कालिगण्डकी गाँउपालिका वडा नम्वर ७ मिर्मीबाट दक्षिण पर्वतको विहादी गाउँपालिका–६ सम्म झण्डै आठ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालन हुँदै आएको छ ।
यातायात अवरुद्ध हुँदा दैनिक आधा घण्टामा सकिने यात्रा चार घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता भएको छ । हिँउदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका स्थानीयवासी यातायात अवरुद्ध हुँदा खच्चर मार्फत महँगो शुल्कमा ढुवानी गर्न बाध्य बनेको स्थानीय व्यवसायी बताउछन् ।
विसं २०५७ देखि सञ्चालनमा आएको सो सेवाबाट यात्रा गर्न र सामान ढुवानी गर्न निकै सहज भएको स्थानीयले बताए । स्टिमरबाट दैनिक एक हजारभन्दा बढी मानिस ओहोरदोहोर गर्ने गरेको समितिका अध्यक्ष भट्टराईले जानकारी दिए।
उनले वर्षाको समय बाहेको अन्य समयमा समिति मार्फत दैनिक १० वटा स्टीमर सञ्चालन गरिदै आएको बताए।

Related