पोखरा। पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित शिशुवा अस्पतालको सेवा सुधार तथा सुदृढीकरण गर्न अन्तरक्रिया र सामाजिक परीक्षण भएको छ । २०७३ बाट सञ्चालनमा आएको शिशुवा अस्पतालमा १५ शैयासहित ओपिडी, फार्मेसी, ल्याब परीक्षण, एक्सरे, इसिजी र एम्बुलेन्स सेवा रहेका छन् ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अस्पतालबाट प्रदान गरिने सेवा जनमैत्री बनाउनुपर्ने बताए। उनले अस्पतालको सेवालाई चुस्त दुरुस्त बनाउन आवस्यक रहेको बताए।
जनताको स्वास्थ्यमा महानगरको दायित्व भएकाले नागरिकको स्वास्थ्यमा अस्पताल सचेत बन्नुको साथै रोग लाग्नै नदिनको लागि व्यायाम तथा स्वस्थ आहारबिहार सचेत गराउनु पर्नेमा उनले जोड दिए ।
अस्पतालको सामाजिक तथा भौतिक अवस्था र कार्यप्रगतिको बारेमा अस्पतालका डा. मिलन श्रेष्ठले जानकारी गराएका थिए। आस्पतालको आर्थिक अवस्थाका वारेमा लेखापाल दयाराम विश्वकर्माले जानकारी गराएका थिए ।
कार्यक्रममा महानगरपालिकाको वडा न २६,२७,२९,३०,३१, र ३२ का वडाध्यक्ष, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रमेशप्रसाद अधिकारी, महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, पोखरा महानगरपालिका प्रमुख जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिना, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारी लगायत स्थानीयको सहभागिता रहेको थियो।

Related