• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अव्यवहारिक कर नीति र भिसिटिएस खारेजीको माग गर्दै व्यवसायीहरु सडकमा

  •    शुभेच्छा न्यूज संवाददाता  /५ श्रावण २०७६, आईतवार १४:५३ ,  प्रकाशीत
  • पोखरा । सरकारले लागु गरेको वेभमा आधारित सामान ढुवानीमा अनलाइन ट्रयाकिङ प्रणाली खारेजीको माग गर्दै पोखरा उद्योग वाणिज्य संघले पोखरामा आइतबार बिरोध ¥यालीको आयोजना ग¥यो ।

    ¥यालीमा पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष नारायण कोइराला, निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे, संघका वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापति, महासचिव अर्जुन पोखरेलसहित कार्यसमितिका सदस्यहरु, बस्तुगत संघ÷संस्थाका अध्यक्ष, पदाधिकारी र प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

    ¥यालीमा एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसार पसार गर्दा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली ( भिसिटिएस ) तत्काल खारेज गर्नुपर्ने, अव्यहारिक कर नीति फिर्ता लिनुपर्ने र सामान्य मजदूरलाई ज्याला भुक्तानी गर्दा पनि पान अनिवार्य चाहिने निर्णय खारेजीको माग गरिएको थियो ।

    इन्टरनेटमा सहज प्रयोग र पहुँच तथा व्यवसायी एवं सरकार स्वयंको क्षमतालाई नजरअन्दाज गर्दै हचुवाको भरमा लगाइएको ‘भिसिटीएस’ अव्यवहारिक मात्रै नभएर नेपालको निजी क्षेत्रप्रति सरकारको अविश्वासको परिणाम भएको ठहर गर्दै पोखरा उद्योग वाणिज्य संघले भिसिटिएसको बिरोध गर्दै आएको छ । चरणवद्ध आन्दोलनमा रहेको संघले यसअघि विज्ञप्तिमार्फत सो निर्णण तत्काल फिर्ता लिन माग गरेको थियो ।

    संघका कार्यबाहक अध्यक्ष नारायण कोइरालाले अव्यवहारिक कर नीति र भिसिटिएस खारेज नभए अझ कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले व्यवसायीहरुले तिरेको करबाट नै सरकार चलेको सत्यलाई राज्यले बिर्सेको आरोप लगाउँदै भने,‘हामी व्यवसायीहरुले ५ प्रतिशत पनि नाफा नखाई व्यवसाय गरेर राज्यलाई कर तिरेका छौँ, राज्य भने हामीलाई नै दुःख दिने मनशायले अभिप्रेरित छ ।’ उनले बैंकको चर्को व्याजदरमा पिल्सिएका व्यवसायीहरुलाई सहुलियत दिनुपर्नेमा उल्टो मानमर्दन गरिएको आरोप पनि लगाए ।

    महासचिव अर्जुन पोखरेलले पोखरा उद्योग वाणिज्य संघ सदैव व्यवसायीहरुको हितको पक्षमा रहेको बताउँदै व्यवसायी माथि आइपर्ने समस्याको डटेर सामाना गर्ने बताए । उनले आवश्यक परे व्यवसायीहरु आफ्नो व्यवसाय नै छाडेर सडकमा आउने चेतावनी पनि दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.