पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले संघसंस्थाले गरेको अध्ययन अनुसन्धानले राज्यका निकायहरुको वास्तबिकता उजागर गर्ने गरेको बताएका छन्।
सोमबार काठमाडौं विश्वविद्यालयका विभिन्न फेकल्टीद्धारा गरिएको सर्मेक्षणको तथ्याङ्क पोखरामा सार्वजनिक गर्दै उनले प्राप्त तथ्याङ्ककै आधारमा विकासका योजना तय हुने बताए।
अध्ययन अनुसन्धानबाट वस्तुनिष्ठ ढंगले निकालिएका तथ्याङकलाई आधार मानेर भावी कार्ययोजना तय गरिने मुख्य मन्त्री गुरुङले बताए।देश संघीय संरचनामा गएको अवस्थामा परिवर्तीत संरचना अनुसार विकास निर्माणलाई अघि बढाउन लागिएको बताउदै उनले काठमाडौं विश्वविद्यालय सहित तीन वटा संस्थाले तयार गरेको तथ्याङ्क सरकारको लागि प्रेरणादायी हुने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री गुरुङले काठमाडौं विश्वविद्यालय सहित स्कुल अफ आर्टस, इन्टर डिसिप्लिनरी एनालिसिस र द एशिया फाउण्डेसनद्धारा तयार पारेको तथ्याङ्कमा गण्डकी प्रदेश विकास निर्माणमा अघि देखिएको बताउँदै कमि कमजोरी देखिएका क्षेत्रलाई क्रमश सुधार गर्दै अघि वढिने प्रतिवद्धता व्यक्त गरे।
राजनीतिमा शुद्धिकरण अहिलेको आवश्यकता भएको बताउदै उनले जनप्रतिनिधिलाई समाज र जनता प्रति वफादार बनी साधारण जीवन शैली अप्नाउन आग्रह गरे।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गलत तथ्याङ्कले योजनाको निर्माण प्रक्रिया र कार्यान्वयनमा प्रत्यक्ष असर पर्ने भएकोले सही तथ्याङ्कक अनुसन्धान मूलक हुनु पर्ने बताए।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले स्थानीय तहले विकास निर्माण र सवै क्षेत्रको पारिवारिक तथ्याङ्कक संकलन गरिनु पर्ने आवश्यकता औल्याए। उनले त्यस किसिमका तथ्याङ्कबाट संघीय र प्रदेश सरकारलाई समेत नीति निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राखे।
काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्टसका डाक्टर धिरज गिरीले ७३ जिल्लाका १८ बर्ष माथी उमेरका सात हजार ५६ व्यक्तिलाई छनोट गरी तथ्याङ्कक सर्भेक्षण र विश्लेशण गरी निष्कर्ष निकालीएको बताए।
विभन्न वर्ग र समुदायका व्यक्तिहरुसंग गरिएको प्रश्नउत्तरमा ५१.५ प्रतिशत उत्तरदाताले देश सहि दिशामा अघि बढेको बताएको उनले जानकारी दिए। ३९.४ उत्तरदाताले देश क्रमिकरुपमा गलत दिशातर्पm अघि बढेको र ९.१ प्रतिशतले यसबारे आफुहरु अनविज्ञ भएको बताएको डाक्टर गिरीले बताए।
अध्ययन अनुसार राजनीतिक दल, प्रदेश र संघीय संसदका सदस्यमा जनताको विश्वास ३० देखि ४० प्रतिशत मात्र देखिएको उनले बताए ।काठमाडौ विश्वविद्यालय स्कूल अफ आर्टसका डीन डाक्ट सागरराज शर्माले तथ्याङ्कको सत्य तथ्यताका लागि भरपुर प्रयास गरिएको जानकारी दिए।
उनलेसात वटै प्रदेशमा यस किसिमका कार्यक्रम गरि तथ्याङ्क सार्वजनिक गरिने बताए,

Related