पोखराबाट बाल यौन दुराचारमा संलग्न भएको आरोपमा अस्ट्रेलियन नागरिक पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र कास्की प्रहरीको टोलीले बाल यौन दुराचारमा संग्लन रहेको आरोपमा प्याराग्लाईडिङ पाइलट अस्ट्रेलियन नागरिक थोमस अल्फ्रेडलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले ६३ वर्षीय थोमस अल्फ्रेड बेरिम्यानको कोठाबाट अन्दाजी १५ वर्षका दुई बालकको पनि उद्धार गरेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
बालकसँग अप्राकृतिक यौन सम्बन्ध राखेको र अन्य बालकमाथि समेत यौन दुराचार गरेको आशंकामा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको जनाएको छ।
प्रहरीले मंगलबार बिहान थोमस बस्दै आएको पोखरा-६ डिहिकोपाटनस्थित घरमा छापा मारेकाे थियाे । उनी कामदार भिसामा तीन वर्षदेखि नेपालमा बस्दै आएका थिए ।
थोमसलाई बाल यौन दुराचारको मुद्दा दर्ता गरी म्याद थपका लागि जिल्ला अदालत पठाइएको प्रमुख कार्कीले बताए ।

Related