तनहुँ : नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह सम्बद्ध युवा संगठन नेपालका अध्यक्ष र सचिव मंगलबार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नेकपा विप्लव समूह सम्बद्ध युवा संगठन नेपाल तनहुँका अध्यक्ष नेत्र प्रसाद थापा र सचिव विष्णु कुमार श्रेष्ठ ‘दृष्टी’ रहेका छन्। दमौली बजार क्षेत्रबाट विभिन्न पर्चा, पम्प्लेट लगायतको प्रमाणसहित थापा र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।
उनका अनुसार ती दुवैलाई विभिन्न प्रमाणसहित नियन्त्रणमा लिई मंगलबारै तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो।

Related