पोखरा । गण्डकी प्रदेशबाट रोजगारीका लागि ठूलो संख्यामा युवाहरु बिदेशीएका छन्। पोखरामा श्रम कार्यालय स्थापना भएयता अघिल्लो आर्थिक वर्षमा गण्डकी प्रदेशबाट झन्डै १० हजार युवा विदेशिएका छन् । पोखराको श्रम तथा रोजगार कार्यालयबाट गत वर्षको पौष २५ गतेदेखि असार मसान्तसम्म नौ हजार सात सय ९१ जना पुनः श्रम स्वीकृति लिएका छन् ।
श्रम तथा रोजगार कार्यालयबाट हाल युएई, कतार, मलेसिया, बहराइन, इजरायल, लेवनान, साउदी अरेबिया लगायतको राष्ट्रको लागि श्रम स्वीकृति दिँदै आएको छ ।
कार्यालयका अनुसार असार मसान्तसम्म नौ हजार पाँच सय ७७ जना पुरुष र दुई सय १४ जना महिलाले श्रम स्वीकृति लिएका हुन् । कार्यालयले दिएको तथ्यांक अनुसार कार्यालय स्थापनाको पहिलो महिनामा दुई सय १४ जना पुरुषले मात्र श्रम स्वीकृति लिएका थिए । त्यसयता हरेक महिना हजार देखि दुई हजारको हाराहारीमा कार्यालयले श्रम स्वीकृति जारी गरेको छ ।
कार्यालयका अनुसार माघ महिनामा एक हजार तीन सय ४७ जना पुरुष र २७ महिला सहित कुल एक हजार तीन सय ७४ जनाले श्रम स्वीकृति लिएर विदेशिएका थिए ।
फागुनमा एक हजार आठ सय ६२ जना पुरुष र ४५ जना महिलाले कार्यालयबाट स्वीकृति लिएका छन् । चैतमा भने सबैभन्द बढी एक हजार नौ सय ५३ जनाले श्रम स्वीकृति लगेको कार्यालयको तथ्यांक छ । उक्त महिनामा ५० जना महिना र एक हजार नौ सय ३ जना पुरुषले पुनः श्रम स्विकृत गराएका थिए ।
यस्तै, वैशाखमा एक हजार सात सय जना पुरुष र ३९ जना महिला, जेठमा एक हजार चार सय ३७ जना पुरुष र १८ जना महिला तथा असारमा एक हजार एक सय १४ जना पुरुष तथा ३५ जना महिलाले पुनः श्रम स्वीकृति लिएका हुन् ।
वर्षातको समय भएका कारण पछिल्लो समय श्रम स्वीकृति लिनेको संख्या कम देखिएतापनि भदौदेखि यो संख्या बढ्ने कार्यालयले जानकारी दिएको छ । पहिलोपटक श्रम स्वीकृत गराउनेको हकमा भने सेवाग्राही आफैं काठमाडौं जानुपर्छ । अन्यको हकमा राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
कार्यालयले अभिमुखीकरण तालिम प्रदायक संस्थाको अनुगमन गर्नेे, म्यानपावर व्यवसायी र कामदारबीच सुमधुर सम्बन्ध स्थापना गर्ने र कामदारलाई सूचना प्रणालीमा सहजीकरण गर्ने काम पनि गर्दै आएको छ ।

Related