• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

१८ सय ठेकेदार कारबाहीमा : अख्तियारले थाल्यो छानविन

  •    शुभेच्छा न्यूज संवाददाता  /८ श्रावण २०७६, बुधबार ०५:१८ ,  प्रकाशीत
  • निर्माणको काम अलपत्र पार्ने तथा ठेक्का मात्रै ओगटेर बस्ने १८ सय भन्दा बढि ठेकेदारमाथि कारबाही प्रक्रिया अगाडी बढाइएको छ । गृहमन्त्रालयले १८ सय ठेकेदारको लिस्ट नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिदै अनुसन्धान र कारबाहीका लागि लिखित आग्रह गरेको छ ।

    गृहमन्त्री रामबहादुर थापाले काम चोर ठेकेदार कुनै हालतमा नछाड्ने बताएका छन्। काम पनि रोकिने र भ्रष्टाचार पनि बढ्ने गरेकाले कडा कारबाही गरिने उनले भने, ‘काम नगर्ने ठेकेदारलाई कानुनसम्मत ढंगले कारबाही प्रक्रिया अगाडि बढाएका छौं ।’

    यता अख्तियारले भने गृहले पत्र पठाएलगतै छानविन प्रकृया अघि बढाएको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले ठेक्का ओगटेर मात्रै बस्ने तर काम नगर्ने ठेकेदारमाथि छानविन सुरु गरिएको जानकारी दिए ।

    उनका अनुसार ठेकेदार र जिम्मेवार अधिकारीको लापरबाहीका कारण १८ सय ४८ आयोजना रुग्ण बनेको पाइएको छ । आयोगले यसबारे ६ महिनाअघि अनुसन्धान गरेर रिपोर्ट सार्वजनिक गरेको थियो । कोइरालाका अनुसार अनुसन्धानका क्रममा अधिकांश ठेक्कामा पेस्की रकम बुझेर पनि काम नगरेको पाइएको छ ।

    १८ सय ४८ आयोजनाको कुल ठेक्का रकम १ खर्ब १८ अर्ब रुपैयाँ छ । निर्माण व्यवसायीले ती ठेक्कामा २३ अर्ब रुपैयाँ पेस्की लिइसकेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.