लमजुङको दोर्दीखाेलामा आएको बाढी र पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकामा आएको बाढीले बगाएर ८ जनाको मृत्यु भएको हो । मृतकमध्ये २ जनाको शव दोर्दी गाउँपालिका–४ नौंथरमा भेटिएको छ भने अन्य शव माथिल्लो दोर्दी जलविद्युत आयोजना नजिकै भेटिएको प्रहरीले जनाएको छ ।
बाढी र पहिरोले २५ मेगावाटको माथिल्लो दोर्दी जलविद्युत आयोजनामा समेत क्षति पुर्याएको छ । उता, बाग्लुङको ढोरपाटन नगरपालिका–९ उत्तरगंगामा नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
नदी तर्ने क्रममा ढोरपाटनका ४५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ भने २२ वर्षीय सेते विक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

Related