पोखरा । पोखरामा माछा मार्ने क्रममा खोल्सामा खसेका एक किशोरको सकुशल उद्दार गरिएको छ । पोखरा १७ स्थित स्थित डेबिटफल्स र फुस्रेखोलाको दोभानको खोल्सामा खसेका छोरेपाटनका १६ बर्षीय अन्जन सुनारको ४ दिनपछि सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।
चार दिन अगाडि खोलामा माछा मार्न जाँदा अचानक खोल्सामा खसेका सुनारको सकुशल उद्दार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
प्रदेश सशस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र बिष्टको कमाण्डमा खटिएको रेस्क्यु टोलिले सुनारलाई उद्दार गरेको हो। उद्धारपछि उनलाई उपचारको लागी पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (पोखरा स्वास्थ्य प्रतिष्ठानमा) पठाएको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related