• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चिनको युनान प्रान्तका भाइस गर्भनर र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीबीच भेटवार्ता

  •    शुभेच्छा न्यूज संवाददाता  /१० श्रावण २०७६, शुक्रबार १२:४२ ,  प्रकाशीत
  • पोखरा/ चिनको युनान प्रान्तका भाइस गर्भनर झाङ गुहुआ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीबीच शुक्रबार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेको भाइस गर्भनर नेतृत्वको ९ सदस्यीय टोलीलाई महानगरका प्रमुख जिसीले महानगरको सभाहलमा स्वागत गरेका थिए ।

    भेटका अवसरमा मेयर जिसीलले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय सहर बनाउने योजनासहित महानगरले पूर्वाधारमा जोड दिएको बताए । उनले प्राविधि मार्फत पोखरालाई सुरक्षित सहर बनाउन योजना पनि महानगरले बनाएको र यसमा चीन सरकारको सहयोग अपेक्षा गरेको बताए । उनले युनान प्रान्तकै कुनमिङ सहरसँग ६ वर्ष अघि भएको भगिनी सम्बन्धले सांस्कृतिक आदान प्रदानमा सहयोग पुगेको बताए ।

    उनले कुनमिङ सहरले गरेको प्रगतिले आफूहरु खुसी भएको बताउँदै त्यही विकासलाई पछ्याउन पोखराले काम गरिरहेको बताए ।‘कुनमिङ सहरसँग भगिनी सम्बन्ध स्थापित हुँदा जनस्तरबाट सांस्कृतिक, व्यापारिक, औद्योगिक सम्बन्ध विस्तार गर्न सहयोग पुगेको छ,’ उनले भने, ‘चीन सरकारकै सहयोगमा पोखरामा निमार्णाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पनि पोखरा र चीनका विभिन्न सहरमा आवतजावत गर्न सहज हुनेछ ।’

    विमानस्थल सञ्चालन भएपछि चिनिया पर्यटकको संख्या वृद्धि हुने विश्वास लिएको बताउँदै जिसीले युनान प्रान्तका नागरिकलाई पोखरा घुम्न आउने वातावरण बनाइदिन भाइस गर्भनर गुहुआलाई आग्रह गरे ।

    कार्यक्रममा युनान प्रान्तका भाइस गर्भनर झाङ गुहुआले पोखरालाई सुरक्षित पर्यटकीय गन्तव्य बनाउनका लागि गर्न सकिने सहयोग बारेमा चिन फर्केपछि सरकारसँग छलफल गर्ने बताए । उनले भ्रमणको उद्देश्य सम्बन्ध विस्तार र सहयोग आदानप्रदान नै रहेको बताए । पोखरा संसारकै प्रसिद्ध सहर भएकोले यसलाई पर्यटकीय गन्तव्य बनाउन सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।

    भेटघाटमा पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, सूचना अधिकारी गंगालला सुवेदी र नेपाल चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखे सहभागी थिए । टोली शनिबार काठमाडौं फर्कने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.