• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशबाट लोकसेवा आयोग विधयेक पारित

  •    शुभेच्छा न्यूज संवाददाता  /११ श्रावण २०७६, शनिबार १०:१३ ,  प्रकाशीत
  • गण्डकी प्रदेशको लोकसेवा आयोग विधयेक पारित भएको छ । शुक्रबार बसेकाे गण्डकी प्रदेश सभा बैठकमा भएको छलफल पछि लोकसेवा आयोग पारित भएको हो ।

    छलफलमा भागलिदै सांसदहरु मधु अधिकारी गुरुङ ,दोबाटे विश्वकर्मा र पुष्पा भण्डारीले लोकेवा आयोगको बोमा राख्नु भएको जिज्ञासाको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले जवाफ दिए संगै सभामुखले लोकसेवा आयोग पारितको लागि गर्नुभएको मत विभाजनमा बहुमतले गण्डकी प्रदेशको लोकसेवा आयोग पारित भएको हो ।

    यस्तै पारिश्रमिक र सुविधा सम्बन्धी विधयक माथि आजनै सैदान्तिक छलफल भएको छ । छलफलमा सांसद इन्द्रलाल सापकोटा,मेखलाल श्रेष्ठ,हरिशचन्द्र आचार्य,मन कुमारी गुरुङ,आशा कोइराला लगायतले बोल्नु भएको थियो ।

    प्रतिपक्षी दलका सांसदहरुले नगरपालिका गाउँपालिकाका उप प्रमुखहरुलाई सवारी साधन दिन नहुने बताएपनि सरकार पक्षका सांसदहरुले भने सवारी सुविधान आफ्नै स्थानीय स्रोतले लिने हुदा आबश्यक र सम्भावना भए लिदा हुने बताएका थिए ।

    सांसद आशा कोइरालाले सांसदले तलब भत्ता चाहिदैन भनेर आदर्श कुरा गर्ने गरेपनि यर्थाततामा रहेर कुरा गर्न आग्रह गर्नुभयो ।कोइरालाले गाउँपालिकाका अध्यक्षले उपाध्यक्षले गाडी चढ्दा सांसदहरुलाई पनि गाडी हुनु पर्ने बताउनुभयो । जनताको घरदैलोमा पुग्नेनै हो भने त्यो सुविधा हुनुपर्ने उहाँले बताउनुभयो ।

    यसैविच पारिश्रमिक र सुविधा सम्बन्धी विधेक विधायन समितिमा पठाइएको छ भने अर्को बैठक साउन १९ गते दिनको १ बजे बस्ने गरि स्थगित भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.