पोखरा ।नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कास्की सेक्रेटरी पक्राउ गरेका छन्। कास्की प्रहरीले यस अघि जिल्ला सेक्रेटरी सहित केही नेता कार्यकता गिरफ्तार गरेपछि कास्कीको नेतृत्व सम्हाल्न आएका नयाँ सेक्रेटर लोकेन्द्र बिक ‘सुजन’ पनि शनिवार पोखराको मालेपाटनबाट गिरफ्तार भएका छन्।
नवनियुक्त सेक्रेटरी सुजनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दिउसो साढे ३ तिर पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनबाट गिरफ्तार गरेको जनाइएको छ ।
पार्टी कामको शिलशिलामा रहेका उनलाई प्रहरीले गिरफ्तार गरेको नेकपा कास्की स्रोतले जानकारी दिएको छ। तर प्रहरीले यस बारेमा केही बताएको छैन । यस अघि तनहुँ जिल्लाको सेक्रेटरी रहेका सुजन कास्कीका सेक्रेटरी आक्रोश गिरफ्तार परेपछि भर्खरै मात्र सरुवा भएर कास्की आएका थिए ।
प्रहरीले यसअघिका कास्की जिल्ला सेक्रेटरी आक्रोस सँगै अखिल क्रान्तिकारीका २२ जना नेता कार्यकर्तालाई एकै पटक कास्कीको घान्द्रुकवाट गिरफ्तार गरेको थियो ।
गिरफ्तार परेका केही कार्यकर्ता छुटिसकेका छन् भने आक्रोशसहित ५ जना अझै प्रहरी हिरासतमा रहेका छन् ।

Related