पोखरा । पोखरा महानगरपालिका वडा नं २१ का वडा अध्यक्ष खगराज आचार्य आफ्नै पार्टीका कार्यकर्ताबाट कुटीएका छन्।
आइतवार साँझ पोखराको राष्ट्रबैङ्कचोकमा रहेको जुस खाईरहेको बेला कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले वडाध्क्षमाथि मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ ।
खानेपानी आयोजनामा भएको सामान्य बिवादको कारण दातारामले आफुमाथी हातपात गरेको वडा अध्यक्ष खगराज आचार्यले बताए। ‘राष्ट्रबैंक चोकमा जुस खाइरहेको थिएँ’ वडा अध्यक्ष आचार्यले भने, ‘एक्कासी पछाडीबाट आएर गर्धनमा हान्यो । वरपर भएकाहरुले मलाई बचाए ।’
उनका अनुसा ३३ करोडको लागतमा निर्मलपोखरीमा १८ सय घरधुरीलाई पुग्ने गरी खानेपानी आयोजना संचालन गरिएको छ ।दातारामलाई वडा प्रहरी कार्यालय बैदामले आइतबार साँझै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख दानबहादुर कार्कीले आन्तरिक विवादका कारण वडाअध्यक्ष र दातारामबीच झगडा परेको बताए। ‘उनीहरु बीचको आन्तरिक झगडा हो, केही कुरामा असहमति हुदा झगडा भएको हो’ उनले भने।

Related