• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अस्तब्यस्त सडकका कारण गुल्मी रिडीको बस्ती जोखिममा

  •      /१३ श्रावण २०७६, सोमबार १३:२३ ,  प्रकाशीत
  • कृष्ण अन्जान
    रिडी । गुल्मीको रुरु गाउँपालिकामा स्तरउन्नतीका लागि निर्माण थालीएका सडक छेउका नालीहरु लामोसमय सम्म सम्पन्न नहुदा वस्तीका घरहरु जोखिममा परेका छन्।

    स्तरोन्नतिका लागि भन्दै सडक भत्काएर नाली बनाउन थालिए पनि त्यसलाई पुरानगरी बीचमै छाडेपछि रुरु गाउँपालिका वडा नं १ रिडीका केही घरहरु जोखिंममा परेका हुन्। सडक विभागले सडक फराकिलो बनाउदा खनिएका नालि र स्थानियद्धारा ढल व्यवस्थापन गर्नको लागि बनाएका स्ल्याव लामो समयदेखि ब्यवस्थापन हुन नसक्दा सिँगो वस्ति नै जोखिममा परेको हो ।

    ‘मोटरबाटो लक्लाउने क्रममा खनिएका नाला र स्ल्याव अस्तब्यस्त भएका कारण पुरै क्षेत्र जोखिममा परेको छ’ रुरु १ बँगैचाकी शान्ती पौडेलले भनिन । ‘पानी परेपछी बँगैचा टोलको माथिवाट उर्लेर आउने भेल आँउदा नाला र सडक भरिएर आउँछ । सडक कहाँहो नाला कहाँ हो देखिँदैन।’

    सधै व्यस्त रहने तानसेन रिडी तम्घास मोटर वाटो क्षेत्र भएकाले पनि जोखिम धेरै छ शान्ती पौडेलको भनाइ छ ।सडक बिभागले बजेटको अभावमा काम अगाडी नबढेको बताएको छ। जिल्ला समन्वय समितीका उपप्रमुख समेत रहेकी रुरु १ की जन प्रतिनिधी तुल्सा श्रेष्टकै घर अगाडीको मोटरबाटोको छेउमै यस्तै समस्या छ ।

    सडक किनारामा खनिएको लामो समयसम्म निर्माण नगरी त्यतीकै छाडिएका कारण बर्षासंगै आएको पानीको भेल सडकमा बग्नाले समग्र बस्तीनै जोखिममा परेको स्थानीय रामचन्द्र पौडेलले बताए ।‘बर्षाको भेल सिधै बस्ती तर्फ बग्दा बस्तीको जोखिम बढेको छ’ उनले भने। ‘निर्माणको चरणमै यतीकै छाडीदा बालवालीकाहरु समेत जोखिममा छन्। भेलले नै बगाउने हो की भन्ने त्रास छ।’

    स्थानीय बासिन्दा सडक विस्तारका विरोधि होइनन तर मानविय जोखिममा रहने गरि बनेका संरचना भत्काउने ,निर्माण नगर्ने कुरा र जोखिम निम्त्याएर छाड्ने रवैया प्रति असन्तुष्टि जाहेर गरेका छन ।

    phile photo

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.