• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अन्तर्राष्ट्रिय ह्याण्डवल खेलमा सहभागि हुन जाने नेपाली टोलीलाई विदाई

  •      /२२ फाल्गुन २०७४, मंगलवार १२:५० ,  प्रकाशीत
  • पोखरा २२, फागुन । अन्तर्राष्ट्रिय ह्याण्डवल खेलमा सहभागि हुन जाने नेपाली खेलाडीलाई मंगलवार विदाई गरिएको छ । यही मार्च १० देखि १५ गतेसम्म पाकिस्तानको फैसलावादमा संचालन हुने आइएचएफ ट्रफीमा सहभागि हुन जान लागेको नेपालीको दुई टिमलाई बिदाई गरिएको हो ।
    प्रतियोगितामा नेपालबाट १९ र २१ बर्ष मुनिका खेलाडीहरु सहभागी हुनेछन । उक्त टिमको नेतृत्व नेपाल ह्याण्डबल संघका अध्यक्ष एवं नेपाल आलेम्पिक कमितीका सदस्य तेज बहादुर गुरुङले गर्ने भएका छन । खेलाडी, प्रशिक्षक र टिमको व्यवस्थापक गरि ४० जनाको टोली विहिबार पाकिस्तान प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
    ह्याण्डवल संघद्धारा आयोजित विदाई कार्यक्रममा प्रदेश नम्बर ४ का सांसद मोहन रेग्मीले टिमको नेतृत्व गर्ने संघका अध्यक्ष गुरुङ सहित खेलाडीलाई विदाई गर्दै खेलाडीलाई अनुशासित रुपमा खेल्न आग्रह गरे । उनले राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रिय खेल जगतमा माथी उठाउन शसक्त खेल प्रदर्शन गर्न ह्याण्डबल टिम सक्षम हुने विश्वास व्यक्त गरे ।
    नेपाल ह्याण्डबल संघका सचिव केशब पाठक, कास्की जिल्ला ह्याण्डबल संघका जिल्ला अध्यक्ष क्याप्टेन जग बहादुर गुरुङ, बरिष्ठ उपाध्यक्ष चित्र थापा, सचिव टेक बहादुर गुरुङ र खेलाडीका अभिभावकहरुले खादा तथा अविर लगाएर विदाई गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.