• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुख्यमन्त्रीसमक्ष वडाध्यक्षहरुको माग, ‘हाम्रो मर्यादाक्रम निर्धारण गरियोस्’

  •      /१८ श्रावण २०७६, शनिबार १४:१३ ,  प्रकाशीत
  • पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङलाई भेटेर वडाअध्यक्षहरुको एक समूहले आफ्नो मर्यादाक्रम निर्धारण गरिदिन माग गरेका छन्। मुख्यमन्त्रीसँगको भेटमा उनीहरुले निर्वाचित जनप्रतिनिधि भएर पनि सरकारले आफूहरुलाई मर्यादाक्रममा समावेश नगरेको भन्दै रोष प्रकट गरेका थिए।

    ‘हामी निर्वाचित जनप्रतिनिधि हौँ। हाम्रो हैसियत के हो? प्रष्ट पारी दिनुपर्‍यो,’ उनीहरुले मुख्यमन्त्री गुरुङसमक्ष गुनासो व्यक्त गरेका थिए। बाग्लुङ जिल्लाको ४ स्थानीय तहका करिब २ दर्जन वडाध्यक्षहरुको समूहले मुख्यमन्त्री गुरुङसँग भेट गरेका थिए।

    गृह मन्त्रालयको मर्यादाक्रममा वडाध्यक्ष र सदस्यहरुको मर्यादाक्रम कहाँ, कसरी हुने भनी केही पनि उल्लेख छैन। उनीहरुले वडा सदस्य कार्यपालिका सदस्य बनेपछि केही व्यवहारिक कठिनाई देखिएको विषयसमेत मुख्यमन्त्री गुरुङलाई बताएका थिए। कार्यपालिका सदस्य र वडा अध्यक्षको हैसियत बराबर हुने व्याख्याले कठिनाई देखिएको वडाध्यक्षहरुको भनाइ छ।

    जवाफमा मुख्यमन्त्री गुरुङले नयाँ मर्यादाक्रममा वडाध्यक्षहरुलाई अन्याय भएको बताए। वडाध्यक्ष मात्र नभएर प्रदेश नीति तथा योजना आयोगजस्ता अन्य सरकारी निकायबारे नै मर्यादाक्रममा उल्लेख नभएको मुख्यमन्त्री गुरुङले बताए। संघीय सरकारसँग आफूले यसबारेमा कुरा उठाइरहेको जानकारी दिँदै मुख्यमन्त्री गुरुङले यो समस्या चाँडै अन्त्य हुने आशा व्यक्त गरे।

    जनप्रतिनिधिहरुले पनि आफ्नो मर्यादामा आँच आउने काम गर्न नहुने मुख्यमन्त्री गुरुङले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.