• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कस्तो होला तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

  •      /२१ श्रावण २०७६, मंगलवार ०३:१८ ,  प्रकाशीत
  • ज्योतिषी हरि पन्त, पोखरा

    आजको पञ्चांग
    आज मिति २०७६ श्रावण २१ गते मंगलबार, इस्वीसंवत अगष्त ६ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ ।

    सौरमान अनुसार आज श्रावणशुक्लपक्षको षष्ठी तिथि रातिमा ११ बजेर १७ मिनेटसम्म त्यसउप्रान्त सप्तमी तिथि लाग्नेछ । आज हस्ता नक्षत्र बिहानमा ७ बजेर ३ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा साध्य, करणमा कौलव रहनेछ भने आनन्दादि योगमा श्रीवत्स रहनेछ ।

    सूर्य कर्कट राशिमा, चन्द्रमा आज कन्या राशिमा रहनेछ । आज दिनमान ३३ घटि १५ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ३० मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ४८ मिनेटमा हुनेछ ।

    आजको राशिफल

    मेष : मेष राशि भएकाहरूका आज समय शुभ छ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। माया प्रेमको लागि रमाइलो छ । पराक्रम र उत्साह बढ्नेछ । अधिकारका लागि भने केही संघर्ष वा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । स्वास्थ्यका लागि पनि खानपानमा सचेत रहनुपर्ने बेला छ । व्यापारबाट प्रशस्तै फाइदा उठाउन सकिनेछ । सामाजिक एवं आर्थिक उन्नति पनि हुने देखिन्छ ।

    वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय खराब छ । समयमा काम पूरा नहुनाले अवसर गुमाउनुपर्ला । दिन मनोरञ्जनपूर्ण रहनेछ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । आजको दिनमा पनि सामाजिक दायित्व थपिने खालको दिन रहेको देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । मिथ्या भ्रमणमा समय बित्न सक्छ । अरूका काममा पनि समय व्यतीत हुनेछ । व्यापार व्यवसाय मध्यम रहेको छ । महत्वाकांक्षी योजना गोप्य राख्नुमै बुद्धिमानी होला ।

    मिथुन : मिथुन राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । दुविधा बढ्नाले सही निर्णय लिन नसकिएला । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । प्रतिस्पर्धी परास्त होलान् । निर्णायक क्षमतामा कमी आउला । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ ।

    कर्कट : कर्कट राशिका लागि आज पनि समय शुभ रहनेछ । तपाईंको व्यक्तित्वप्रति आकर्षण बढ्नेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । प्रतिस्पर्धी परास्त होलान् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । अस्वस्थताका बाबजुद कामको दायित्व पनि बढ्नेछ । समय मध्यम खालको छ । व्यावसायिक यात्रा सम्भावना छ । ठूलाबडाले सहयोग गर्नेछन् ।

    सिंह : सिंह राशि भएकाहरुका लागि आज पनि समय खराब रहेको छ । निर्णायक क्षमतामा कमी आउला । व्यावसायिक काममा खर्च बढ्नेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । अस्वस्थताका बाबजुद कामको दायित्व पनि बढ्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । माया प्रेमको लागि रमाइलो छ । सोच्नु भएको काम सम्पन्न हुने खालको दिन रहेको देखिन्छ । समयमा काम पूरा नहुनाले अवसर गुमाउनुपर्ला ।

    कन्या : कन्या राशि भएकाहरूका लागि आज समय शुभ छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आर्थिक लाभ हुने नयाँ कामको थालनी हुनेछ । तपाईको लागि एकदम राम्रो समय रहेको देखिन्छ । विभिन्न नयाँ नयाँ ठाउँको भ्रमण हुने योग रहेको छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

    तुला : तुला राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । सोचेको समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । प्रेमको बन्धन कस्सिने बेला छ । आलोचनाको सिकार भइएला । निर्णय गलत ठाउँमा पर्नाले फाइदा अरूलाई हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । व्यापार व्यवसायमा समेत कम मात्र फाइदा हुनेछ । हातमा आएको प्रतिफल गुम्न सक्छ । सचेत हुनहोला ।

    वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । आज स्वास्थ्य पनि सवल रहनेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुँदा अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आत्मीय मित्र तथा आफन्तको साथ पाईने हुँदा काम गर्न जागर बढ्नेछ । धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु सफल हुँदा मन खुशि हुनेछ । व्यावसायमा लगानी बढाएर भनेजस्तो नाफा कमाउँन सकिनेछ ।

    धनु : धनु राशिका लागि आज पनि समय मध्यम छ । स्वास्थ्यमा सुधार होला । यात्राको लागि पनि एकदम राम्रो समय रहेको देखिन्छ । तपाईका लागि एकदम राम्रो समय रहेको देखिन्छ । काममा उत्साह थपिनेछ । रचनात्मक काम शुरु गर्ने मौका छ । प्रेम, रतिराग तथा पारिवारिक स्थितिमा सुधार आउने छ । फाइदाका लागि प्रतिस्पर्धा भने गर्नुपर्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

    मकर : मकर राशि भएकाहरूका लागि आज पनि समय राम्रो रहने छैन । निर्णायक क्षमतामा कमी आउला । माया प्रेमको लागि रमाइलो छ । विगतका समस्या बल्झिन सक्छन् । उठ्न बाकी धन उठ्न कठिन रहेको देखिन्छ । उपचारमा खर्च हुने योग छ । नराम्रो काम तिर भने मन जाने देखिन्न । मान–सम्मानमा आघात पर्ने देखिन्छ । सानातिना कामको झमेला आउन सक्छ । नतिजा थोरै मात्र तपाईको साथमा हुनेछ ।

    कुम्भ : कुम्भ राशिका लागि पनि आज पनि दिन तथा समय खराब छ । आज यात्रा, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको बलियो सम्भावना रहेको छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।

    मीन : मीन राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । आर्थिक व्यय भए पनि वातावरण राम्रो बन्नेछ । समय मध्यम खालको छ । विगतका समस्या बल्झिन सक्छन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । माया प्रेमको लागि रमाइलो छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । ठूलाबडाले सहयोग गर्नेछन् । सोच्नु भएको काम सम्पन्न हुने खालको दिन रहेको देखिन्छ ।

    साइत : आज चन्द्रमा कन्या राशिमा रहेकाले दक्षिण बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु ठीक छैन ।
    आज मंगलबार उत्तर दिशाको यात्रा गर्नु शुभ मानिंदैन । आज अन्य दिशाको यात्रामा वाध्यतावस जानै परे घरको मूल ढोकामा चोखो जलले भरिएका तामाका भाँडामा २ वटा घडा राखेर पवित्र फूल चढाउनुस् र घर नजिकैको मन्दिरलाई दाहिने पारी परिक्रमा गरेर हिंडेमा यात्रामा द्वोष लाग्ने छैन ।

    आजको शुभ लाभादि बेला

    बिहान ५ः३० बजेदेखि ७ः०० बजेसम्म रोग बेला
    बिहान ७ः०० बजेदेखि ८ः३० बजेसम्म उद्धेग बेला
    बिहान ८ः३० बजेदेखि १०ः०० बजेसम्म चर बेला
    बिहान १०ः०० बजेदेखि ११ः३० बजेसम्म लाभ बेला
    दिउँसो ११ः३० बजेदेखि १ः०० बजेसम्म अमृत बेला
    दिउँसो १ः०० बजेदेखि २ः३० बजेसम्म काल बेला
    दिउँसो २ः३० बजेदेखि ४ः०० बजेसम्म शुभ बेला
    दिउँसो ४ः०० बजेदेखि ५ः३० बजेसम्म रोग बेला

    यसमा रोग भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

    राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

    (नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.