पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले देश संस्थागत भ्रष्टाचारले चुलुम्म डुवेको वताएका छन् ।
कांग्रेसको शिक्षा नीतिवारेमा बुधवार पोखरामा आयोजित एक गोष्ठीको उद्घाटन गर्दै उनले हिजोका दिनमा व्यक्ति केन्द्रीत हुने गरेको भ्रष्टाचार अहिले पार्टी केन्द्रीत हुने गरेको आरोप लगाएका हुन् । ‘विश्ववाट पतन हुँदै गएको कम्युनिष्ट साशन व्यवस्थाले देशलाई भ्रष्टाचारको दलदलमा फसाएको छ’ उनले भने । ‘नेपालमा दुई कम्युनिष्ट शक्ति मिलेर मात्र साख जोगिएको हो। अब, उनीहरुको पतनको बाटो टाडाछैन ।’
आफूलाई सर्वहाराको कम्युनिष्ट बताउनेहरुले विभिन्न बहानमा सर्वसाधारणको डाढनै सेक्नेगरी कर उठाएर लुटमच्चाएको आरोप लगाए ।‘सर्वसाधारण सँग हरेक वहानामा कर उठाएर लुटेर खानेहरु कसरी कम्युनिष्ट हुन सक्छ’ उनले भने । ‘कम्युनिष्ट आचरण भएकाहरुले मेलमिलाप गरेर देशमा व्रम्हलुट मच्चाएका छन् ।’
उनले हालको शिक्षा प्रणलीलाई समय सापेक्ष परिवर्तन गरेर अगाडि वढ्नु पर्ने खाँचो रहेको वताए । अबको शिक्षा औपचारिकतामा मात्र सिमित नभएर रोजगार संग संवन्धित हुनु पर्ने उनले बताए । देशका नागरिकको आर्थिक उपलव्धी, क्षमता र योग्यता संगै तुलना गर्नुपर्ने उनको भनाई छ ।
पार्टीको लक्ष्य एउटै भएपनि लक्ष्यमा पुग्ने अनेक उपाय अवलम्वन गरेर अगाडि वढ्न सकिने उनले जिकिर गरे । महतले पार्टीले गरेका राम्रा कामलाई कांग्रेसले विज्ञापन गर्नुपर्ने वताए ।
पार्टी १४ औं महाधिवेशनको तयारीमा रहेकोले छिट्टै थिति मिति घोषणा हुने बताउदै भदौ २४ गतेदेखि कांग्रेसले दोश्रो चरणको जागरण अभियान संञ्चालन गर्ने भएकोले सवै नेता कार्यकर्ता एक भएर लाग्नु पर्ने बताए ।
उनले पछिल्लो समयमा कांग्रेसका नेताहरु व्यक्ति केन्द्रीत भएको वताउँदै पार्टी केन्द्रीत वन्न सुझाव दिएका छन् ।

Related