• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बाख्रापालक किसानलाई अनुदान हस्तान्तरण

  •    शुभेच्छा न्यूज संवाददाता  /२३ श्रावण २०७६, बिहीबार ०७:५३ ,  प्रकाशीत
  • पोखरा / पोखरा महानगरपालिकाले बाख्रापालक किसानलाई अनुदान रकम हस्तान्तरण गरेको छ ।पोखरा महानगरपालिका वडा नम्बर १९ का ५० जना किसानलाई अनुदान रकम दिएको हो ।

    बिहीबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले किसानहरुलाई २० हजारका दरुले अनुदान रकम हस्तान्तरण गरेका हुन् । ८ वटा भन्दा बढी बाख्रापालक किसानलाई महानगरले खोर निर्माण र बाख्रा खरिदको लागि उक्त रकम हस्तान्तरण गरेको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख जिसीले किसानहरुलाई प्रोत्साहन स्वरुप उक्त अनुदान दिएको बताए ।उनले केही समयपछि अनुदान दिने कार्यलाई अन्त्य गर्नुपर्ने बताउँदै जोखिम न्यूनीकरण गर्नका लागि क्षतिपूर्ति कोष र बिमातर्फ किसानलाई आकर्षित गर्नुपर्ने बताए ।

    जनताले तिरेको करबाट नै महानगरले किसानलाई अनुदान दिएकाले यसको सही सदुपयोग गर्न र अन्य किसानलाई पनि प्रेरण दिने गरी काम गर्न अनुदान पाएका किसानलाई प्रमुख जिसीले आग्रह गरे ।

    निर्वाहमुखी भन्दा पनि व्यावसायिक रुपमा खेती तथा पशुपालन गर्न किसानहरुलाई आग्रह गर्दै आगामी दिनमा पनि किसानलाई प्रोत्साहन गर्न महानगरले सक्दो सहयोग गर्ने बताए ।

    वडा नम्बर १९ का वडा अध्यक्ष शोभामोशन पौडेलले बाख्रापालक किसानलाई मात्र नभई अरु किसानलाई पनि महानगरले सहयोग गर्ने बताए । उनले वडा नम्बर १९ लाई बाख्रापालनको लागि पकेट क्षेत्र बनाउन महानगरले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस पुरचौरका क्याम्पस प्रमुख चन्द्रेश्वर श्रीवास्तवले किसान समृद्ध नहुँदासम्म देश समृद्ध हुन नसक्ने बताए ।

    पोखरा महानगरपालिका पुश सेवा महाशाखाका प्रमुख शिव वाग्लेले व्यावसायिक रुपमा बाख्रापालन गरेका ५० जना किसानलाई २० हजारका दरले २० लाख अनुदान वितरण गरिएको बताए ।

    वडा नम्बर १९ का वडा अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा व्यवसायिक बाख्रापालक कृषक समितिका अध्यष शिवबहादुर केसी, वडा समिति सदस्य कृष्ण गौतम र किसान लक्ष्मी अधिकारीले अहिलेको अनुदान वास्तविक किासनले पाएको बताएका थिए ।

    महानगरको पशु सेवा महाशाखाका अधिकृत नवराज अधिकारीले विभिन्न समयमा शिविर सञ्चालन गरी किसानहरुलाई प्राविधिक सेवा पनि उपलब्ध गराउँदै आएको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.