• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्थानीय तहले जिम्मेवारी बाडफाडमा ध्यान दिनुपर्छ‐ मुख्यमन्त्री गुरुङ

  •      /२५ श्रावण २०७६, शनिबार १२:४८ ,  प्रकाशीत
  • पोखरा,२५ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहका प्रमुखहरुले जिम्मेवारी बाडफाडमा ध्यान दिनुपर्ने बताएका छन । स्थानीय तह संघ सरकार र प्रदेश सरकार जस्तै एउटा सरकार भएकोले नगर कार्यपालिका र गाउ कार्यपालिकामा जिम्मेवार वाडफाड हुनुपर्ने उनको भनाई छ ।

    जर्ज जोन शिक्षा प्रतिष्ठान पोखराको २३ औ बार्षिकात्सव समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री गुरुङले कार्यपालिकामा मोनोनित भएर आउने पछाडि पारिएको समुदाय र महिलालाई असक्षम भन्दै जिम्मेवारी नदिने प्रवृत्ति देखिएको बताए । उनले नगरपालिका र गाउपालिकामा शिक्षा, स्वास्थ्य लगायत विभिन्न शाखा खोलेर कार्यपालिका सदस्यलाई जिम्मेवारी दिन सकिने भन्दै यसतर्फ स्थानीय तहको ध्यान पुग्नुपर्ने बताए ।

    यही परिदृश्यमा प्रदेशले कार्यपालिका सदस्यहरुको सुविधा वडा अध्यक्ष सरह हुने गरी बृद्धि गरेको बताउदै मुख्यमन्त्री गुरुङले अव जिम्मेवारी दिने काम नगरपालिका र गाउपालिकाको भएको बताए । स्थानीय तहका प्रमुखको जस्तै उपप्रमुखको जिम्मेवारी समेत करिब समान रहेकाले उपप्रमुखलाई कार्यसम्पादनमा सहज होस भनेर सवारी सधान पाउने ढोका प्रदेशले खोलिदिएको मुख्यमन्त्रीको भनाई थियो ।

    ‘योजना अनुगमन गर्ने, न्याय सम्पादन गर्ने र निति तथा कार्यक्रम गर्ने काम उपप्रमुखले गर्नुपर्छ’ उनले थपे ‘अब यी सवै काम गर्नलाई सुविधा लिन सक्छन भनेर प्रदेशले ढोका मात्र खोलिदिएको हो, दिने स्थानीय तहले नै हो ।

    ’ जनप्रतिले दोहोरो सुविधा लिन पाउने विषयमा केन्द्रले नै नजिर बसालेको उनको भनाई छ । महालेखा परिक्षक, अख्तिायार प्रमुखले दोहोरो लिने, अनि निर्वाचित जनप्रतिनिधिलाई दोहोरो सुविधा नलिउ भनेर कसरी भन्न मिल्छ ? मुख्यमन्त्रीको प्रश्न थियो ।

    प्रदेशको कामलाई चुस्त बनाउने हेलो मुख्यमन्त्री, जनतासंग मुख्यमन्त्री र मुख्यमन्त्री वार रुम सञ्चालनमा ल्याइएको जानकारी गराउदै उनले त्यसमार्फत आफ्नो सल्लाह सुझाव प्रदेश सरकारमा राख्न आग्रह गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.