• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जनतालाई आधारभुत स्वास्थ्य सेवा दिन लागिपरेका छौः मुख्यमन्त्री गुरुङ

  •      /२६ श्रावण २०७६, आईतवार १२:०३ ,  प्रकाशीत
  • पोखरा साउन २६
    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका जनतालाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार लागिपरेको बताएका छन ।

    जनता अझै पनि आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित बनिरहेको दृष्टान्त दिदै मुख्यमन्त्री गुरुङले प्रदेशबासीलाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन योजनाबद्ध ढंगले अगाडि बढेको बताए ।

    मातृशिशु मितेरी अस्पतालका आवास गृहको आइतबार पोखरामा शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले संभव भएसम्म आधारभुत स्वास्थ्य सेवालाई निशुल्क बनाइने समेत बताए । ‘गरिब जनताको स्वास्थ्य सेवालाई कसरी निशुल्क बनाउने, कसरी सरल बनाउने, केही न केही तिर्नुपरे पनि कसरी सस्तो बनाउन भन्ने विषयमा हामीले केही न केही सोच बनाइराखेकै छौ’ ‐ उनले भने ।

    प्रदेशका ग्रामिण जनताले स्वास्थ्य सेवा लिन पोखरा आउनुपर्ने र क्यान्सर तथा मुटुको रोगका लागि काठमाडौ जानुपर्ने बध्यता हटाउन पनि प्रदेशले तयारी गरिरहेको उनको दावी थियो । क्यान्सर र मुटु रोगको विशिष्टकृत अस्पताल बनाउनका लागि प्रदेशले जग्गाको खोजी गरिरहेको र जग्गा प्राप्ति भएपछि विशिष्टकृत अस्पतालको थलानी गरिने उनले जानकारी गराए ।

    उल्लेखित कामहरु चुनौतीपुर्ण भएकाले समय लागे पनि जनतालाई स्वस्थ्य सेवा उपलब्ध गराउन कटिबद्ध भएर लाग्ने मुख्यमन्त्रीको भनाई छ । पोखराको क्षेत्रीय अस्पताल व्यवास्थापनकै कमीले प्रभावकारी सेवा दिन नसकेको भन्दै संघ सरकारले प्रदेशलाई हस्तान्तरण गरे त्यसमा विशिष्टकृत सेवा दिन प्रदेश सरकार तयार रहेको बताए ।

    कार्यक्रममा अस्पतालका सस्थापक अध्यक्ष कृष्णा थापाले निकट भविष्यमा अस्पताललाई ५० शैयाका बनाएर नर्सिङ कलेज बनाउने सोचमा आफुहरु रहेको बताए । प्रदेश संसाद समेत रहेका उनले उनले प्रदेश सरकार र निर्वाचन क्ष्ँेत्र विकास कोषबाट योजना बनाएर अस्पताललाई सुविधा सम्पन्न बनाउन विभिन्न क्षेत्रसंग छलफल भैरहेको जानकारी समेत गराए ।

    उनले निकट भविष्यमा ६ वेडको एनआइसीयू कक्ष र २ वटा भिआइपी कक्ष बनाउने योजना समेत आफुहरु रहेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.