कश्मीर भिडन्तमा पाँच भारतीय र तीन पाकिस्तानी सैनिकको मृत्यु
/३० श्रावण २०७६, बिहीबार १५:२१ , प्रकाशीत
भारत र पाकिस्तानको नियन्त्रित सीमा क्षेत्रमा दोहोरो भिडन्त हुँदा तीन पाकिस्तानी र पाँच भारतीय सुरक्षाकर्मी मारिएका कतारी सञ्चार माध्यम अल-जजिराले जनाएको छ।
बिहीबार पाकिस्तानका सेनाका प्रवक्ता मेजर जनरल असिफ घाफूरले ट्विट गर्दै नियन्त्रित सीमा रेखामा दोहोरो झडप हुँदा दुवै पक्षका गरी आठ सुरक्षाकर्मी मारिएको बताएका छन्। उनले उक्त भिडन्तमा मारिएका तीनजना सैनिक तस्विर राख्दै ट्विट गरेका छन्।
उनले पाकिस्तनी सेनाका लन्च नायक तोइमूर, नायक तनभिर, सेपोइ रमाजनको मृत्यु भएको उल्लेख गरेका छन्। उनले ट्विटमा भारत सरकारलाई आफ्नो ध्यान कश्मीरभन्दा बहिर हटाउन गोलीबारी गर्दा आफ्ना तीन जना सैनिकको जान गएको बताएका छन्।
उनका अनुसार जवाफी कारवाहीमा भारतीय पक्षका पाँच सैनिक पनि मारिएको र अन्य कैयौँ घाइते भएका छन्।

Related